साइनो समाचारदाता
पथरी । ‘हे माया…’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । OSR Digital बाट नोभेम्बर ३० तारिकको दिन गायक तुलसी सिवाकोटीको गीत सार्बजनिक भएको हो । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन संजित के घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् ।
बिगत लामो समयदेखि गीत संगीतमा यूरोपमा बसेर संघर्षरत गायक तुलसी युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका छन् । दुई दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले ‘तिम्रो मेरो प्रेम कहानी…’, ‘म त मान्छे सिधा साधा…’, ’प्यारी छोरी न बचाउन सके…’ जस्ता गीत लोकप्रिय छन् । पाश्र्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।