थरुहट राजबन्दीहरुलाई निःसर्त रिहाइ गरः मोर्चा (घोषणा पत्र सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

थरुहट राजबन्दीहरुलाई निःसर्त रिहाइ गरः मोर्चा (घोषणा पत्र सहित)

साइनो समचारदाता

कैलाली । कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मा. रेशमलाल चौधरी, विर बहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, सन्तकुमार चौधरी लगायतको झुठा मुद्दालाई सरकारले राजनीतिक घटनाकोरुपमा लिनुपर्ने माग गरिएको छ । मुद्दालाई सरकारले राजनीतिक संवाद, सहमति र निर्णयको आधारमा मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःसर्त रिहाइ गर्न माग गरिएको छ ।

शान्तिपूर्ण एवं अहिंसात्मक थरुहट आन्दोलनका क्रममा टीकापुर घटना पश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाइ फसाँइएका थरुहट राजबन्दीहरु भएको भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले सो माग गरेको हो । “थरुहट एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन, संविधान संशोधन सहित थरुहट÷थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन” मूल नाराका साथ २०७६ भदौ ७, ८ र ९ गतेसम्म टीकापुरमा “थरुहट थारुवान राष्ट्रिय सम्मेलन” गरिएको थियो । सो सम्मेलनले टीकापुर घोषणापत्र जारी गरेको छ । घोषणा पत्रमा तेस्रो चरणको आन्दोलन गर्ने पनि उल्लेख छ ।

यस्तो छ घोषणा पत्र

थरुहट थारुवान राष्ट्रिय मोर्चा
केन्द्रीय संयोजन समिति – २०७६
थरुहट थारुवान राष्ट्रिय सम्मेलन
टीकापुर घोषणा पत्र

थरुहट आन्दोलनका अमर वीर शहीदहरु कमल चौधरी, विपीन खड्का क्षेत्री, प्रकाश चौधरी, राम प्रसाद चौधरी, धन बहादुर थनेत र चिन्कु डंगौरा लगायत नेपालमा भए गरिएका विभिन्न राजनीतिक परिर्वतन, अधिकार एवम् न्यायका लागि गरिएका संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अपर्ण सहित घाइते, विस्थापित एवम् थरुहट राजवन्दीहरुमा उच्च सम्मान गर्दै,

सदियौं देखिको शोषण, दमन, विभेद् असमानता र उत्पीडनको पीडाबाट मुक्ती खोज्दै अधिकारका लागि उठेको शान्तिपूर्ण “थरुहट आन्दोलन” १२ वर्ष पुगिसक्दा पनि थरुहट आन्दोलकर्मीले उठाएको माग, मुद्दा एवम् विशुद्ध संविधानको अन्तरबस्तु संग रहेका अधिकारका १३ बुँदे मुख्य राजनीतिक मागहरु अहिलेसम्म सरकारले सम्बोधन नगरेको अवस्थालाई दृष्टिगत गर्दै,

नेपालको अधुरो र अपुरो संविधान संशोधन तथा विभिन्न ऐन कानूनहरुमा आदिवासी थारु, जनजाति, दलित, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सबै उत्पीडनमा पारिएका जाति, वर्ग, लिङ, क्षेत्रको हक अधिकार सुनिश्चित गर्न एवम् विभिन्न समय र अवस्थामा थारु आन्दोलनले उठाई आएका मुद्दाहरुमा साझा सहमति बनाउदै,

वर्तमान राजनीतिक परिस्थिति र अवस्थामा यीसबैका माम मुद्दाहरु पुरा गराउनका लागि सडक, सदन र सरकारमा सशक्त दबाब सृजना गर्न शान्तिपूर्ण सशक्त संघर्षको विकल्प नरहेको निश्कर्ष सहित “थरुहट थारुवान एकता, मोर्चाबन्दी, साझा मुद्दा, र साझा संघर्ष” नै अहिलेको मूल बाटो हो भन्ने निश्कर्षलाई आत्मसाथ गरी,

“थरुहट एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन, संविधान संशोधन सहित थरुहट÷थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन” मूल नाराका साथ २०७६ भदौ ७, ८ र ९ गतेसम्म टीकापुरमा ऐतिहासिकरुपले भव्य एवम् सभ्यरुपमा सम्पन्न भएको “थरुहट थारुवान राष्ट्रिय सम्मेलन” बाट पारित भए गरिएका निर्णयहरु टीकापुर घोषणापत्र मार्फत जारी गर्दछौं ।

१) थरुहट थारुवान राष्ट्रिय सम्मेलनले २०७२ भदौ ७ र ८ गते भएको टीकापुर घटना पश्चात राज्य आतङ्क र दमनका कारण सृजित थारु समुदायमा रहेको मानसिक एवम् मनोवैज्ञानिक भय, डर, त्रासलाई केही हदसम्म हटाउदै, थारु र गैर थारु जाति समुदायका बिच बिग्रेको सद्भाव एवम् सम्बन्धको भ्रमहरुलाई चिर्दै थारु समाज संदैव जातीय तथा सामाजिक सद्भाव नबिग्रनका लागि उच्च सतर्कता अपनाउदै एक्दमै संवेदनशील रहदै थरुहट संघर्ष कुनै जाति विशेषको विरुद्ध नभइ राज्यसत्ता र सरकारसंग रहेको स्पष्ट पारेको छ । ऐतिहासिक रुपमा भव्य एवम् सभ्यरुपमा सम्पन्न भएको यस सम्मेलनले लामो समयदेखि छिन्न भिन्न रही सेलाएर रहेको थरुहट शक्ति नेताहरुलाई एकतामा गोलबन्द गर्दै थरुहट आन्दोलनकर्मीहरुको लागि आशा, भरोसा, विश्वासको आधारहरु तय गरी संघर्षमा होमिन सबैमा उर्जा प्रदान गरेको छ ।
२) टीकापुर घटना पश्चात चार वर्षपछि पहिलो पटक बिसौं हजार जनताहरुका बिचमा भव्य एवम् सभ्यरुपमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन सफल गर्न पत्यक्ष परोक्ष सहयोग गर्नुहुने केन्द्रीय, जिल्ला, गाउँ नगर तयारी समिति, व्यवस्थापन समिति, विभिन्न उपसमिति, थाकसका केन्द्रीय सदस्यहरु, थाकस कैलाली लगायत सम्पूर्ण जिल्ला, क्षेत्र, नगर गाउँ कमिटी सबै का पदाधिकारी तथा सदस्यहरु, टीकापुरमा रहेका राजनीतिक दल, सामाजिक संघ संस्था संगठन, नागरिक समाज, रेड्क्रस, उद्योग बाणिज्य महासंघ, प्रहरी प्रशासन, अतिथि, नेतागण, अभियन्ता, अगुवा, जनप्रतिनिधि, देशैभरीबाट पाल्नु भएका थरुहट आन्दोलनकर्मी, प्रतिनिधि, पर्यवेक्षकहरु, संघ संस्था संगठनका पदाधिकारी, सदस्य, बुद्धिजिवी, समाजसेवी, पत्रकार, महिला, वकिल, शिक्षक, बरघर÷भल्मन्सा÷मटावाँ, किसान, कलाकार, मुक्त कमैया, कम्लह्री, उद्योग व्यवसायी, व्यापारी, स्वयंसेवक, यूवा, विद्यार्थीहरु लगायत सम्पूर्ण जनसमुदायमा आभार सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।३) टीकापुर कैलालीमा सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय सम्मेलनबाट थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा १०१ सदस्यीय “थरुहट थारुवान राष्ट्रिय मोर्चा” गठन भएको छ । मोर्चाको प्रवक्तामा मिनराज चौधरी, महासचिव तुलसी थारु रहनु भएको छ भने सदस्यहरुमा सिताराम चौधरी, पुष्पा चौधरी, प्रेमा चौधरी, जोगा चौधरी, मोहनलाल चौधरी, प्रेमवती राना, पुस्कल चौधरी, महावीर चौधरी, रन्जित चौधरी, प्रभा चौधरी, विजय चौधरी, सरन चौधरी, मान बहादुर महतो, रबिना महतो, रविदास चौधरी, राधा चौधरी, मेहीलाल दास थारु, बबिता देवी थारु, सुरेन्द्र बहादुर थारु, राम बाबु चौधरी, अजय चौधरी, दश्मिलाल चौधरी, ललिता चौधरी, अम्बिका चौधरी, परशुराम चौधरी, उचितलाल चौधरी, देवनारायण चौधरी, लक्ष्मी चौधरी रहनु भएको छ । रिक्त रहेको बाँकी सदस्य पदमा सबै जिल्लाहरुबाट समुचित प्रतिनिधित्व रहने गरी कार्यविधि अवधारणा अनुसार सदस्यहरु थप गरिने छ ।
त्यसैगरी सल्लाहकारमा भानुराम थारु, राजकुमार लेखी, कृष्ण कुुमार चौधरी, सुरेन्द्र चौधरी (दाङ÷देउदुरी) र मा. मालामती राना रहनु भएको छ । आवश्यकता अनुसार सल्लाहकार पदमा निर्णय अनुसार पछि थप गरिनेछ ।
४) शान्तिपूर्ण एवं अहिंसात्मक थरुहट आन्दोलनका क्रममा टीकापुर घटना पश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाइ फसाँइएका थरुहट राजबन्दीहरु कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मा. रेशमलाल चौधरी, विर बहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, सन्तकुमार चौधरी लगायत थरुहट आन्दोलनकारी सबैको झुठा मुद्दालाई सरकारले राजनीतिक घटनाकोरुपमा लिदै राजनीतिक संवाद, सहमती र निर्णयको आधारमा मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःसर्त रिहाइ गरियोस् ।
५) टीकापुर घटना बारे सत्य तथ्य छानबिन गर्नका लागि तत्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको न्यायीक समिति, गृहमन्त्रालयद्धारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरु तुरुन्त सार्वजनिक गरियोस् ।
६) थरुहट आन्दोलनको क्रममा टिकापुुर घटना पश्चात २०७२ भदौ ८ गते निशेधाज्ञा कर्यू लागेकै समय थारुहरुको घर पसल तथा व्यवसायीक केन्द्रहरुमा गरिएको आगजनी, लुटपात, डाँकाचोरी गर्ने तथा संलग्न अपराधीहरुलाई तुरुन्त पक्राउ गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस् ।
७) थरुहट संयुक्त संघर्ष समिति र नेपाल सरकार बिच मिति २०६५ चैत्र १ गते भएको ६ बुँदे सम्झौता र थारु संयुक्त संघर्ष समिति बिच मिति २०६९ जेष्ठ १० गते गरिएको १० बँुदे सम्झौताको अक्षरसः अविलम्ब कार्यान्वयन गरियोस ।
८) विशुद्ध संविधानको अन्तरबस्तुमा जातीय ऐतिहासिक पृष्ठभूमिका आधारमा पहिचान सहित थरुहट स्वायत्त प्रदेश नामाड्ढन, सीमाड्ढन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको हरेक अंगको प्रत्येक तह तप्कामा जातीय जनसंख्याको आधारमा पूर्ण समानपातिक प्रतिनिधित्व हुनुपर्ने आदि माग सहित अधिकारका लागि संघर्ष समितिको १३ बुँदे माग मुद्दाहरु अविलम्ब पुरा गरियोस ।
९) आदिवासी थारु समुदायको राष्ट्रिय पर्व “माघ” (माधे संक्रान्ती) लगायत आदिवासी जनजातिका ल्होसार, उभौली, उधौली आदि लगायत राष्ट्रिय सांस्कृतिक पर्वहरुमा राष्ट्रिय रुपमा सार्वजनिक विदा गरियोस । साथै थारुहरुको अत्यधिक जनसंख्या रहेको स्थानीय तहहरुमा मनाइने पर्व जस्तै गुर्ही, अष्टिम्की, अटवारी, भजहर, जितीया, समाचकेवा आदि स्थानीय बिदाको व्यवस्था गरियोस् ।
१०) थारु जाति÷समुदायको प्रथाजनित एवम् परम्परागत कानुनी मूूल्य मान्यता एवम् बरघर÷भलमन्सा÷मटावाँँ प्रथालाई कानुनी मान्यता दिनुपर्ने ।
११) थरुहट तराई भूगोलमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुमा थारुभाषालाई सरकारी कामकाज भाषाको रुपमा मान्यता प्रदान गरिनु पर्ने ।
१२) लोकसेवाको विज्ञापन र संघीय निजामति ऐनलाई संशोधन गरी जातीय जनसंख्याको आधारमा पूर्णसमानुपातिक प्रतिनिधित्वको सुनिश्चित्तता गरियोस् ।
१३) आदिवासी जनजातिको सूचीमा सूचकिृत हुन बाँकी रहेका आदिवासी जनजातिहरुलाई छिट्टै सूचकिृत गरियोस् ।
१४) थारु कल्याणकारिणी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, विभिन्न थारु संघ संस्था, संगठन लगायत माग मुद्दा मिल्ने राजनीतिक दलका संगठनहरु र आदिवासी जनजाति, दलित मधेशी, मुस्लिम, खस, अल्पसंख्यक आदि संघ संस्था संगठनहरु संग सहकार्य, कार्यगत एकता, मोर्चाबन्दी गर्दै सशक्त संघर्ष गर्ने ।
१५) थरुहट थारुवान राष्ट्रिय मोर्चाले माग मुद्धा पुरा गराउनको लागि निम्नानुसारको संघर्षका कार्यक्रमहरु घोषणा गरेका छौं । संघर्षका कार्यक्रमहरुलाई सफल बनाउन एवं कार्यान्वयन गर्नको लागि सबैमा साथ समर्थन र सहयोगको अपेक्षा गर्दै हार्दिक अपिल गर्दछौं ।

क) पहिलो चरणको संघर्ष ः

१) भदौ ७ गते थरुहट आन्दोलनको बिद्रोह दिवसको रुपमा काठमाण्डौ उपत्यका सहित थरुहट तराईका सबै जिल्लाहरुमा प्रत्येक वर्ष मनाउने ।
२) भदौ ८ गते कप्र्mयू निषेधाज्ञा लागेकै बेला टीकापुरमा थारुका घर, पसल, व्यवसायीक केन्द्र, एफएम संचार गृहमा गरिएको आगजनी लुटपात, चोरी, थारु महिलाहरुमा गरिएको दुव्र्यहवार, बलात्कारको विरोध गर्दै कालो दिनको रुपमा प्रत्येक वर्ष मनाउने ।
३) ऐतिहासिक टीकापुर थरुहट थारुवान राष्ट्रिय सम्मेलनको सन्देश तथा भावसंप्रेषण काठमाण्डौ उपत्यका सहित थरुहट तराईका सबै जिल्लाहरुमा भूगोल र क्षेत्रका आधारमा मिलाई संयुक्त कार्यक्रम गर्ने ।४) असोज मसान्तसम्म प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ वडासम्म थरुहट थारुवान राष्ट्रिय मोर्चाको समितिहरु गठन गरी संगठन बिस्तार गरिनेछ । सोको बिस्तृत विवरण सहित केन्द्रीय आन्दोलन परिचालन समितिमा पठाइ सक्नुपर्ने ।
५) थरुहट आन्दोलनका शहीद परिवार, घाइते तथा थरुहट राजवन्दी परिवारको भरण पोषण एवम् बालबालिकाहरुको शिक्षादिक्षाका लागि “थरुहट मुठी दान” अभियान संचालन गरी सहयोग गर्ने ।
६) संघर्ष समितिको माग मुद्दा पुरा गर्न प्रधानमन्त्री मार्फत सरकारको ध्यानाकर्षण गराउदै स्मरण पत्र बुझाउने । साथै जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारी तथा मुख्य मन्त्री मार्फत सरकारलाई स्मरण पत्र बुझाउने ।
७) माग मुद्दा पुरा गर्न दबाब दिन हस्ताक्षर अभियान गरी सिडिओ मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने ।
८) प्रचारात्मक अभियान (पत्रकार सम्मेलन, अपिल, पोष्टर, पर्चा, भित्तेलेखन, माइकिङ, तुल ब्यानर, साइनबोर्ड झुण्ड्याउने÷राख्ने, विभिन्न मिडियाहरुमा लेख रचना, अन्तरर्वाता दिने)
९) आदिवासी जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक, सिमान्तकृत, पिछडावर्गका आदि संघ संस्था, राजनीतिक दल, नेता, बुद्धिजिवी, नागरिक समाज, पत्रकार, वकिल, यूवा, महिला, पेशाकर्मीहरु बीच केन्द्र देखि जिल्ला÷जिल्लामा बृहत अन्तरक्रिया तथा छलफल गर्ने ।
१०) प्रतिनिधि तथा प्रदेश सभामा थारु सांसदहरुबाट माग मुद्दा सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउदै संसदमा बोल्न दबाव सृजना गर्ने ।

ख) दोस्रो चरणको संघर्ष ः

१) बिरोध सभा, कोणसभा, दबाब, ¥याली, जनप्रदर्शन थरुहट तराईको सबै जिल्लाहरुहमा एकै दिन सदरमुकाम, शहर बजार केन्द्रीत गर्ने गराउने । (कालो पट्टी, झण्डा, फेटा बाँधेर)
२) मेची महाकाली जनजागरण तथा संयुक्त बिरोध सभा गर्ने । (थरुहट तराईको मुख्य मुख्य स्थानमा केन्द्रबिन्दू बनाई)
३) थरुहट÷थारुवान क्षेत्रमा रहेका सबै स्थानीय जनप्रतिनिधिहरुलाई पेन डाउन गर्न लगाउने ।
४) विभिन्न राजनीतिक दल, नेता, सांसदहरु संग छलफल संवाद तथा लविङ गर्ने ।
५) थरुहट तराईका सबै जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना, घेराऊ, जन प्रदर्शन गर्ने ।
६) थरुहट माग मुद्दा विरोधीहरुलाई समाजिक बहिष्कार तथा असहयोग आन्दोलनका विभिन्न प्रकृयाहरु अवलम्बन गरिनेछ ।
७) थरुहट÷थारुवान तराई भूभागमा चल्ने सबै यात्रुबाहक सार्वजनीक सवारी तथा मालबाहक यातायातका साधनहरुमा “थरुहट÷थारुवान स्वायत्त प्रदेश” वा “जय थरुहट÷थारुवान” लेखिएको स्टीकर लगाउनु पर्ने । स्टीकर नलगाएको यातायातका साधनहरु चल्न रोक लगाइने छ ।
८) २०७६ असोज ३ गते संविधान जलाउने तथा कालो दिनको रुपमा विरोध गर्दै देशव्यापी मनाउने ।
९) २०७६ असोज ३ गते थरुहट युवा दस्ता प्रदर्शन गर्ने ।
१०) थरुहट माग मुद्दा पुरा गर्न सरकारलाई अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने ।

ग) तेस्रो चरणमको संघर्षः (सशक्त कार्यक्रम) ः

१) थरुहट प्रदेशको रातो फेटा (पट्टी) बाँधेर थरुहट तराईका सबै जिल्लाहरुका मुख्य शहर, बजार केन्द्रीत लाठी जुलुश तथा सिट्ठी जुलुश प्रदर्शन गर्ने ।
२) सरकारलाई असफल बनाउन हरेक कार्य गतिविधिहरुका असहयोग तथा विरोधका कार्यक्रम गर्ने ।
३) प्रधामन्त्री तथा मन्त्रीहरुलाई थरुहट तराईमा निषेध तथा कालो झण्डाबाट विरोध गर्ने ।
४) तीन दिने बन्द तथा आम हड्ताल घोषणा ।
५) तीन दिने बन्द तथा आम हड्तालको समिक्षा गरी अनिश्चितकालिन बन्द घोषणा ।

“जय थरुहट÷जय थारुवान”
इतिसम्बत् २०७६ भदौ ९ गते रोज २ शुभम्, टीकापुर कैलाली

लक्ष्मण थारु संयोजक
थरुहट थारुवान राष्ट्रिय मोर्चा

सम्बन्धित खवर