साइनो समचारदाता
चुलाचुली(इलाम) । झापाको कमल गाउँपालिका ५ नं. वडा स्थित रहेको साधु होलीमा गाउँपालिकाकै नमुना पर्यटन तथा सिसार क्षेत्र बन्ने भएको छ । कुनै समय वनभोज खाने स्थलको रूपमा चर्चा कमाएको यस ठाउँको विकासका लागि साधु होली पर्यटन क्षेत्र बिकास तथा प्रबर्दन निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।
१ नं. प्रदेश सरकारबाट १५ लाख, केन्द्रीय सरकारबाट २० लाख गरि जम्मा ३५ लाखको काम सुरू भएको निमार्ण समितिको अध्यक्ष दीपक गौतमले बताएका छन् । ऐतिहासिक धार्मिक स्थल तथा पुराना कुटी वा मन्दिरको संरक्षण गर्ने र मन्दिरको वरिपरि बृहत संरचना बनाउने, यसमा पोखरी, झोलुङ्ङ्गे पुल, बोर्डलगायत निमार्ण हुने भएको छ ।३ सय ५० घरधुरी भएको कमल गाउँपालिका सिम्लेवासीले २०३०÷०३२ साल यतादेखि धनीपुर्जा पाएका छैनन् । स्थानीयहरूको लागि आर्थिक समृद्धि बनाउदै लैजानका लागि साधु होलीमा पर्यटन तथा सिमसार क्षेत्रको निमार्ण गर्ने लागिएको गौतमले वताए ।