साइनो समचारदाता
पथरी । सुनसरीको झुम्का, इटहरी, मोरङको विराटनगरमा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र मेरो धर्म सम्पादनको क्रममा रहेको छ ।
मुहा क्रियेटिभ स्टुडियो उर्लाबारी मंगलबारेमा सम्पादन भइरहेको चलचित्र साउन १७ गते प्रदर्शन गर्ने तयारीको साथ सम्पादन कार्य भइरहेको निर्माण पक्षले जनाएको छ । २१ लाख ६३ हजारको लगानीमा बन्ने चलचित्र झुम्का, मोरङको विराटनगर र विराटचोकमा च्यारिटी शो गर्ने निर्देशक पुस्कर राना मगरले बताएका छन् । चलचित्रमा मगरको अलबा हदुवा खवासले पनि निर्देशन गरेका छन् । २ घण्टा लामो चलचित्रमा विवेक चौधरी, पुस्कर राना, दिक्षा शिवाकोटी, रामकाजी कार्की, अंजली गिरी, अम्मिता भुजेललगायत कलाकारहरुको अभियन देख्न सकिनेछ ।