पुर्वी मोरङका वन र गाँउमा भुमाफीयाको चलखेल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

पुर्वी मोरङका वन र गाँउमा भुमाफीयाको चलखेल

साइनो समचारदाता पथरी / भुमाफीयाले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा आफ्नो बनाएको अवस्थामा अन्य सरकारी जग्गाको अवस्था के हो ला ? कहि बनको जग्गा भुमाफीयाले आफ्नो बनाउदै छन भने कही स्थानियले भुमाफीयाबाट फिर्ता गरि वनलाई फिर्ता दिएका छन । मोरंङ बेलबारी वडा नं. १० का गाउँलेहरुले अतिक्रमित सरकारी जग्गा फिर्ता गरेर सृजना पार्क निमार्णको थालनी गर्दै छन भने उर्लाबारी २ मा रहेको बेतिनी सामुदायीक बन भुमाफियाको संकटमा परेको छ ।

पूर्वी मोरङको उर्लावारी नगरपालिका वडा नम्वर २ मा रहेको बेतिनी सामुदायिक वनले २०५० साल देखि संरक्षण गर्दै आएको बनको ५ बिघा जग्गा भुमाफियाले आफ्नो आफ्नो भन्दै उच्च अदालतमा रिट दायर गरेका छन । त्यती मात्र हौन भुमाफीयाले बन संगै जोडिएको स्थानियको २ बिघा जग्गा समेत आफ्नो बनाएको भन्दै छोड्न दवाव दिएको स्थानियले बताएका छन ।

२०५० साल देखि संरक्षण गर्दै आएको वनको १ सय ८९.३१ हेक्टर क्षेत्रफल मध्ये गाँउ नजिकैको २४.९३ हेक्टर करिब ५ विघा जग्गा आफ्नो भन्दै उच्च अदालतमा रिट दायर गरेका छन । वनले उक्त जग्गा मा बिरुवा रोप्ने तयार गर्दा एक दुई जना स्थानिय र ४ जना बाहिरका भुमाफीया टुमनाथ निरौला, दलबहादुर थापा, गुमबहादुर लिम्बु, नारायण राम भट्टराई, बिक्रम कार्की लगायतले वन विरुद्ध उच्च अदालतमा रिट दायर गरेको अध्यक्ष भिम बहादुर राईले बताए ।

यसरी भुमाफियाहरुले वनको ५ विघाहा र स्थानिय १० परिवारले भोगचलन गर्दै आएको २ विघाहा सहित ७ विघा जग्गा आफ्नो भएको दावि सहित अदलतमा वनलाई विपक्ष वनाई मुद दायर गरेका छन । भुमाफियाले आफ्नो जग्गा भन्दै दावि गर्दै आएको जगल क्षेत्रमा साल प्रजातिका ठुल ठुला रुखहरु प्रसस्त मात्रामा पाईएको छ ।

२०३५ साल देखि भोगचलन गर्दै आएका सुकुम्बासीहरु वाढि पिडित भए पछि गाँउपालीकाले उक्त स्थानमा बसोबास गराएको र बन संरक्षण गर्दै आएकोमा २/३ बर्ष अघि देखि भुमाफियाले यो हाम्रो जग्गा हो भन्दै धनिपुर्जा देखाउने गरेको पुर्व अध्यक्ष कृष्ण प्रसाद दाहाल बताउछन । २०३५ साल देखि बसोबास गदै आएका सुकुम्बासीलाई हाम्रो जग्गा हो भन्दै छोड्न भुमाफियाले पटक पटक दवाब दिने गरेका छन भने आफुले भोगचलन गर्दै आएको जग्गामा हक दावि गर्न आए आफुहरु ज्यान दिन समेत तयार रहेको स्थानिय बताउछन ।

वन क्षेत्रसँगै जोडिएको बस्तीका स्थानीयबासी समेतले वन क्षेत्रको जग्गामा भू—माफियाले चलखेल गरेको वताउछन् । उनीहरुले आफ्नो जग्गाको समेत भू—माफियाहरुसँग पूर्जा रहेको भन्दै तत्काल उक्त पूर्जा खारेज गरी आफूहरुको नाममा जग्गाको पूर्जा दिलाइदिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

स्थानिय राम बहादुर निरौलाका अनुसार गृह मन्त्री पद्य सुन्दर लावतीले बाढिपिडित भएका सुकुम्बासीलाई भन्दै ४ बिघा जग्गा बसोबास गर्न दिएको तर जग्गा अर्काको नाममा लालपुर्जा छ भनेको सुन्दा आफुहरु आश्र्चयमा परेको वताउछन् । नेपाल सरकारको अधिन भित्रका बनहरु भुमाफीयाले आफ्नो बनाईरहदा संबन्धीत निकाय भने टुलुटुलु हेरेर वसीरहेको छ चुनावमा चर्को नारा फुक्ने नेता, स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकारलाई यस्को कुनै मतलब छैन् ।


तर यता बेलबारी नगरपालिका वडा नं. १० मा रहेको सृजना सामुदायी बनमा पनि सोहि प्रवृधीको समस्या घटेको थियो । स्थानियले २ महिना अगाडी वनको २२ बिघा जग्गा भु माफियाको चङगुलबाट फुत्काउन सफल भएका थिए ।

मोरंङको बेलवारी गरपालिका १० स्थित सिर्जना सामुदायिक वन भित्रको २२ बिघा जग्गा २०६२÷६३ सालमा भूमाफियाले हडेपका थिए । पूर्व–पश्चिम राजगमार्गको भाउन्ने सडक खण्डमा पर्ने उक्त जग्गा फिर्ता गराउन स्थानीयले करिब १० वर्ष अदालत धाएको वडा अध्यक्ष गंगा याक्खा बताउनु हुन्छ ।

बिक्रिको लागि सरकारी जमीन प्लटिङ गर्न थाल्दा स्थानीयबाट लखेटिएपछि भूमाफियाहरु भोगचलन गर्न पाउ भन्दै सर्वोच्च अदालत पुगेका थिए । अदालतले गत असोज २ गते वनको जमीनमा हकदाबी नपुग्ने फैसला गरेपछि जग्गा फिर्ता भएको छ । उक्त जग्गामा अहिले सुजना सामुदायीक वनले सृजना पार्क निमार्ण सुरु गरि सकेको छ । राजमार्गसँग जोडिएको २२ बिघा सरकारी जग्गा हत्याउन भूमाफियाले २०५३ सालमा विभिन्न व्यक्तिका नाममा दर्ता गर्न किर्ते कागजात बनाएका थिए । भुमाफियाले सोहि वडाका रत्न कुमारी तामाङको नाममा समेत २ बिघा जग्गा निकाली दिएको तर आफुले थाहाँ नपाएको तामाङले बताईन ।

बेलबारी १० का नरबहादुर तामाङले नन्दकेसर राई, इन्द्रकुमारी राई, विष्णुमाया दाहाल, संगीता सुब्बा, रत्नकुमारी तामाङ, आनन्दलाल सरदार, धनमाया विष्ट, मनकुमारी तामाङ, देवनारायण खतिवडा, भानुकुमार लिम्बु, भालोदेवी सरदार र कृष्णकुमारी बरालको नाममा जग्गाको धनिपुर्जा निकालेका थिए । बिक्रिको लागि सरकारी जमीन प्लटिङ गर्न थाले पछि स्थानिय बाट लखटिएका भु माफियाहरुले जग्गा आफ्नो भएको दाबीसहित सर्वोच्चमा रिट दायर गरेपछि किर्ते खुलेको हो । उनीहरुले १५ कट्टादेखि डेढ बिघासम्म आफ्नो भएको दाबी गरेका थिए । भुमाफीयाले जग्गा प्लटिङ गर्ने थाले पछि त्यती बेला शान्ति प्रकृयाका जल्दोबल्दो माओवादीको स्थानीय इन्चार्ज हिमप्रसाद मिश्रको समूहले भुमाफीया लखेट्ी १० बर्ष मुद्दा खेपेको मिश्रको भनाई छ ।

मिश्र भन्छन सुरुमा उनीहरुसँग कागज छ भन्दै प्रहरीले हामीलाई नै रोक्न खोजेको थियो । ‘त्यसबेला मात्रिका यादव वनमन्त्री भएकाले उहाँलाई फोन गर्दा वाइसिएलको सहयोग लिएर हटाउनु भने सल्लाहा अनुसार आफुले स्थानीयवासीलाई समेत परिचालन ग‍रेको बताए ।मोरङको बिभिन्न स्थान पूर्व–पश्चिम राजमार्गको बेलवारी–उर्लाबारी खण्डको वनमा विभिन्न जात–जाती, र्धम समुदायका मठ मन्दिर निर्माण गरेका छन् । उर्लाबारी–पथरी खण्डमा त बस्ती नै बसेको देखिन्छ ।

यति खेर ति जग्गा र वपनमा भुमाफियाको चलखेल बढि देखिन थालेको छ । मोरङको पथरीशनिश्चरे ३ मा युवराज भुजेलले २०३४ साल देखि झोडा फाडी भोग चलन गर्दै आएको जग्गा भुमाफिया एन सि सि बैंकमा धितो राखेको समेत तथ्य फेला परेको मौषम लिम्बु बताउछन ।

सम्बन्धित खवर