साइनो समचारदाता
काठमाडौ । भिम तुह्माम्फेद्रारा निमार्ण भएको चलचित्र केस्साङ्गला आज काठमाडौको सिटि सेन्टरमा प्रिमियर सो सम्पन्न भएको छ ।
चलचित्र प्रर्दशन समितिको अध्यक्ष सलमान थलङ् लिम्बुको सभापतिमा भएको कार्यक्रममा सम्मानिय सङ्घिय सन्सद्का सभामुख कृष्ण बाहादुर महराको प्रमुख आतिथ्य र चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईको विशेष आतिथ्य र सयौ दर्शनको बिच सम्पन्न गरि चलचित्र देखाइएको थियो । कार्यक्रम बोल्दै महराले आफ्नो कला र सस्कृती जगेर्ना गर्न आफै लाग्नु पर्ने बताएका छन । महराले भाषिक चलचित्रको बिकासको निम्ति सरकार नया नीति ल्याउनु पर्ने तर्क राखेका छन । चलचित्र हेर्न हल भित्र दर्शक अताउन नसके पछि फर्किनु परेको दर्शन लिम्बुले बताए । चलचित्र आफ्नै गाउँ र सस्कृतिको याद दिलाएको दर्शकको प्रतिक्रिया दिएका छन भने कतिले विशाल सेनेहाङ्गको दमदार प्रस्तुति रहेको रेनुका सेर्माले बताइन । लोकेन सावाको निर्देशनमा बनेको उक्त चलचित्रमा भिम तुम्हाम्फे, लछ्मी योङ्गहाङ्ग ,विशाल सेनेहाङ्ग,दिनेश माङ्मु लगायदका कलाकारको अभिनय रहेको चलचित्रमा भुपेन्द्र लिम्बुले छायांकन गरेका थिए ।
चलचित्र प्रर्दशन पछि झापा कमलगाउपालिका ३ का निर्मल लिम्बुलाइ दुबै मृगौला खराबी भएका लिम्बुलाई चलचित्रबाट र सहयोग सङ्कलनबाट उठेको जम्मा रकम रु१,६३,२०३ बिमारी निर्मललाइ प्रर्दशन समितिका अध्यक्ष सलमान थलङले हस्तान्तरण गरे ।