साइनो समचारदाता
दमक । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था दमक झापाले विभिन्न सहकारीहरुको अध्ययन अवलोक गरी शनिबार बिहान गृह जिल्ला फर्केको छ ।
सहकारी अवलोकन भ्रमणको क्रममा बाग्लुङ स्थित सीवाईसी साकोस र गडिगाउँपालिका मकवानपुर स्थित महिला जागरण साकोसको स्थलगत अध्ययनसँगै अन्तरक्रिया कार्यक्रम गरेको हो । सीवाईसी बचत तथा ऋृण सहकारी संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको २९औ स्थापना दिवसको अवसरमा प्रदेश ४ को उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको सहकारी हो भने महिला जागरण साकोस प्रोबेशन ब्राण्ड प्राप्त सहकारी हन् । यी दुई सहकारीको स्थलगत अवलोकनसँगै टोलीले अन्य विभिन्न स्थानहरुको समेत अवलोकन गरेका छन् । ६४ सदस्यीय रहेको अध्ययन टोलीलाई सहकारी अध्ययन अलाव पोखरा, बाग्लुङ, मुस्ताङ, म्याग्दी, चितवनका विभिन्न स्थानहरुको समेत अध्ययन अवलोकन गराइएको थियो । टोलीमा चन्द्रदर्शन साकोस सञ्चालक समिति अध्यक्ष बालकृष्ण गौतम, सचिव भोजकुमार राई, कोषाध्यक्ष रोशन दाहाल लगायत अन्य सदस्यहरुको समेत उपस्थित रहेको अध्ययन टोलीले विभिन्न स्थानहरुको समेत अवलोकन गरेका थिए ।