साइनो समचारदाता
पथरी । पिस लाम्प इन्टरनेसनल (पीएलआई) प्रालिले मोरङको पथरीमा दोस्रो पटक लाइभ म्युजिक कन्सर्ट गर्ने भएको छ ।
नयाँ बर्षको अवसर पारेर पीएलआईले बैशाख ६ गते कन्र्सट गर्न लागेको पत्रकार सम्मलेनको आयोजना गरी
जानकारी गराएको हो । कन्सर्टमा भिटेन, लाउरे, रविन कन्दङ्बा, उत्तम थापालगायतले प्रस्तुति रहने पीएलआईका मेनेजिङ
डाइरेक्टर अनुप योञ्जनले जनाए । कन्सर्टबाट आएको आयले नेपाल तामाङ घेदुङको साँस्कृतिक भवन, नेपाल मगर संघको
भवनलगायत ४ संघसंस्थालाई सहयोग गर्ने आयोजकले बताएको छ ।