साइनो समचारदाता
पथरी । पुर्वेली जनजीवनमा आधारित चलचित्र ‘पुरानो बुलेट’ लाई पथरीका दर्शकहरुले रुचाएका छन् । सोमबार पथरीस्थित कञ्चन चलचित्र मन्दिरमा च्यारिटी सो हर्न आएका दर्शकहरुले फिल्मलाई मनपराएका छन् ।
स्थानीय ५ जना युवा निर्माताले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को सो चलचित्रका नायक अनुप विक्रम शाही, नायिका माला लिम्बू र निर्देशक भीषण राईको उपस्थितिमा च्यारिटी सो सम्पन्न भएको हो ।
कथा पटकथा लेखनमा निर्देशक भीषण राईले कार्यकारी निर्माता सन्तोष राइले संयुक्त रुपमा गरेका छन् । पुरानो बुलेटको निर्मातामा विरेन साम्बा, दिपेन लिम्बु, अशोककुमार राई र सञ्चारकर्मी भीषण राईको डेब्यू निर्दे्िशत चलचित्र ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । आगामी चैत्र १ बाट भनें सार्वजनिक प्रदर्शनमा आउँदैछ ।