साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेका सात जना युवा ब्यावसायीले ६५ लाखको लागतमा सिक्का लन्ज एण्ड वार वीथ लाइभ म्युजिक सञ्चालनमा ल्याउने भएका छन् । पथरीशनिश्चरेका युवाहरु सञ्जीव गिरी, धिरेन सुब्बा, मिलेन श्रेष्ठ, पूजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राई मिली वारमा संचालन गर्न लागेका हुन् ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सिक्का फागुन २ गते (भ्यालेन टाइन डे)को दिन देखि सञ्चालनमा ल्याउने भएको छ । सांगीतिक वातावरणमा परिवार मैत्री सेवा दिने गरी सञ्चालनमा आएको वारमा एक पटकमा ७० जना ग्राहक बस्न सक्ने सञ्चालक सञ्जीव गिरीले बताए । गिरीका अनुसार वार सँगै २५ जना अट्ने सभा हल र ५० जना अट्ने वर्थ डे हल पनि रहेका जानकारी दिएका छन । पथरी क्षेत्रका ग्राहकहरू ठूलो खर्च गरेर छिमेकी दमक, इटहरीलगायत शहरहरूमा वारको सेवा लिन जाने गरेका छन् । अबर बारका पारखीहरुलाई नजिकै सेवा सुविधा लिन सक्नेछन् । पथरीमा सञ्चालनमा आउने वारले उर्लाबारी, रमाइलो, लेटाङ, दमक, कोर्खा, बेलबारी देखि विराटचौक सम्मका ग्राहकलाई लक्षित गरेको छ । वार सञ्चालनमा आएपछि १० जनाले रोजगार पाउने सञ्चालकहरूको भनाई छ ।