#Breaking Bodybuilder प्रकाश राईको निधन
साइनो समाचारदाता/पथरी, २ असोज
पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ । ५ दिन अघि मिस्टर काठमाडौको उपाधि जितेका बडि बिल्डर प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी अस्पताल पुर्याइएको थियो ।
शनिबार काठमाडौंको दशरथ रंगशाला स्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई ७५ केजी माथिको तौल समूहमा प्रथम हुदै ओभरल विजेता भएका थिए। उनको बुधबार बिहान निधन भएको प्रहरीले जनाएको छ । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ स्थित घर भएका उनी ‘फोनिक्स फिटशाला’ बाट सहभागी हुन काठमाडौं आएका थिए । उपाधी चुमेको खुसी परिवार संग साट्न समेत नपाई उनको मृत्यूको खवरले परिवार र नगर शोकमा डुबेको छ ।
त्यसका लागि उनी टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए । बुधबार बिहान ६ बजेतिर उनी एक्कासि लडे पछि उनलाई तत्कालै नजिकैको ग्रान्डी अस्पताल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा पौने ७ बजे उनीलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त महाराजगन्जले घटनाबारे थप प्रक्रिया अघि बढाएको छ ।
राई एक दशक रोजगारीको सिलसिलामा मकाउमा बसेका थिए । मकाउमा रहदा २०११ मा “मिस्टर मकाउ २०११” प्रतिस्पार्दा गरेका थिए । राईको शारीरिक सुगठन प्रतियोगितामा मिस्टर धरानको उपाधी पहिलो हो । छ बर्ष अघि पोखरामा सम्पन्न “मिस्टर बुल्स बडि बिल्डिङ च्यामेपियनसिप २०१८” मा फस्ट रनर अप र धर्मश्री बडि बिल्डिङ च्यामेपियनसिपमा सेकेन्ड रनरको उपाधी पाईसकेका छन ।
बडि बिल्डिङ राईलाई पथरी शनिश्चरे नगरले नगरको गहनाका रुपमा सम्मान गरेको थियो । राई पथरी शनिश्चरेमा आमा बुबा एक छोरा र श्रिमतिका साथ बस्दै आएका थिए । राईका एक दाजु एक भाइ छन । ५ बर्ष यता पथरी शनिश्चरेमै रहेर बिभिन्न प्रतियोगितामा सहभागी हुदै आएका राईले पथरीमा अन्तराष्ट्रिय स्तरको फिटनेस सेन्टर खोल्ने तयारीमा रहेका थिए ।