पथरी, १४ भदौ/ मोरङको पथरी शनिश्चरेमा शिक्षकको कुटाइबाट बिहीबार एक जना विद्यार्थी घाइते भएकी छन् ।
प्रधानाध्यापक नियुत्तीमा विबाद घटना सेलाउन नपाउदै पथरीशनिश्चरे नगरपालिका–९ मा रहेको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा अर्को घटना उब्जिएको छ । उत्त स्कुलका शिक्षक पवन राईले कक्षा १० अध्ययनरत १७ वर्षीया जस्ना राईलाई कुटपिट गर्दा घाइते भएकी हुन् ।
शिक्षक पवन राईको यो नै पहिलो घटना भने हैन । केहि बर्ष अघी एक विद्यार्थीलाई कुटपिट गरि अभिभावक र शिक्षक विच छलफल बसि मिलाएको एक अभिभावकले बताए ।
सुरुमा कक्षा कोठामा विद्यार्थीबीच विवाद भएको थियो । विवाद मिलाउने क्रममा शिक्षकसँग पनि विवाद गरेको भन्दै दिउँसो ४ बजेतिर छात्रालाई कुटपिट गरिएको प्रहरीले जनाएको छ । शिक्षक पवनले प्लाष्टिकको पाइपले कुट्दा विद्यार्थी घाइते भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।
उनका अनुसार घाइते छात्राको पाखुरामाथिको पातामा चोट लागेको छ । उनलाई उपचारका लागि पथरी अस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
छात्रालाई कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको जानकारी डीएसपी दाहालले दिए ।
पछिल्लो समय पथरी शनिश्चरे नगरले शिक्षामा राजनिति रंग देखाएका कारण शिक्षण शिकाई, शिक्षकको गुटबन्दी र विद्यार्थीहरुमा अनुसासन र नैतित्ता हराएको अभिभावकहरुकाे ठम्याई छ । नगरले ब्यावस्थापन समितिमा राजनैतिक नियुत्ती गर्नु र शिक्षकहरुले नगर र ब्यवस्थापन समितिको निर्देशन नमान्नुले पथरी शनिश्चर् नगरको शिक्षा क्षेत्रमा गिरावट आउदै गरेकाे जो कोहिले सहजै महसुस गर्न थालेका छन ।
पथरी शनिश्चरे क्षेत्रमा शिक्षकले विद्यार्थी कुट्नु, निजि शैक्षिक संस्थामा लगानी गर्नु, सरकारी शिक्षकले आफ्ना बालबालीका निजी विद्यालयमा पढाउनु, नगरले आफु निकट पाटिका कार्यकर्तालाई ब्यवस्थावन समितिमा नियुक्त्ती गर्नु र शिक्षकहरु खुलेर पार्टिमा लाग्नु सामान्य जस्तै बनेको छ ।
सिंहवाहिनी माध्यमिक विद्यालयमा जुन घटना घट्यो गलत भएको शिक्षा शाखा प्रमुख नविन खुलाल बुढाथोकीले बताउनु भयो । पछिल्लो समय पथरी शनिश्चरे नगर भित्र यस्ता घटना बढ्दै गएकाले चाडै शिक्षा शाखाले यस्को स्पष्टिकरण माग्ने र आवश्यक कार्वाही प्रकृया सुरु गर्ने भर्खरै शिक्षा शाखाकाे सम्हाल्दै आउनु भएका बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो सिंहवाहिनी माध्यमिक विद्यालयमा घटेको घटनाले संमग्र पथरी शनिश्चरे नगर र शिक्षकहरुकै बदनाम भएकाे बताउनु भयो ।