गोपाल कफ्ले/ पथरी, २९ साउन
भारतबाट विषाधी प्रयोग गरि लुकाई छिपाई ल्याएको ११३ केजि अवैध माछा इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरि नस्ट गरेको छ । मोरङकाे पथरी शनिश्चरे बजारमा बिक्री गर्न ल्याएको अवैध माछा, मोटरसाईकल र एक ब्यात्तीलाई पक्राउ गरि सार्वजनीक गरेको छ । भारतबाट भन्सार छलि फर्मालिन विषाधी प्रयोग गरि ल्याएको माछा प्रहरीले आजै नष्ट गरेको छ ।
बजारमा बिक्रीका लागि ल्याइएको माछामा फर्मालिन प्रयोग भएको पाइएको छ । माछामा बिषाधी प्रयोग भएको र खान नमिल्ने गनाएको अवस्थामा रहेको पथरी शनिश्चरे नगरका पशु प्राविधिक जनक चौधरीले बताए । उत्त माछाहरु स्वास्थय बर्दक नरहेको साथै बातावरण प्रदुषण युक्त भएकाले नेपाल सरकारले प्रतिबन्ध गरेको चोधरीले बताए । नगरले नगर भित्र प्रबेश गर्ने यस्ता विषयमा अनुगमन नगरेको र चासो नलिएकाले भारतिय बजारबाट भन्सार छलिका सामान नेपाली बजारमा सहजै आउने गरेको स्थानियको भनाई छ ।
खुल्ला बोडरका कारण विषाधी युत्त माछाँ पथरी बजारमा भित्रिने सुचना आए सगै डि एस पि मोहन विक्रम दाहालको नेत्रित्वमा निस्किएको गस्ति टोलिले माछा सिहत मान्छे र मोटर साइकल पक्राउ गरेको बताए । गोप्य सुचनाका आधारमा चेकिङमा निस्किएको टोलिले नम्वर प्लेट बेगरको मोटरसाईकलमा माछा लिएर आउदै गरेको अवस्थामा पक्राउ गरेको थियो । पथरी इलाकाले उद्योग बाणिज्य संघ र स्थानिउको रोहवरमा पत्रकार सम्मेलन गरि इलाका परिसरमा आजै उत्त माछा खाल्डो खनि पुरिएको छ ।
पथरीका माछा ब्यापारीले फर्मालिङ हालको माछा भन्सार छलि ल्याउने र पथरी शनिश्चरे बासिको स्वास्थमा गम्भिर खलवाड गरेको हुदा उक्ता कार्यमा सचेत रहन डि एस पि मोहन विक्रम दाहालले बताउनु भयो । पथरी इलाका समालेको एक महिना नबित्दै लागु औषध र भन्सार छलिका सामानमा कडाईका साथ उत्रिएका दाहालले शान्ति शुरक्षामा कमि हुन नदिने बताएका छन । यदि भन्सार छलि र अखाद्य बस्तु बेचेको पाईएमा कानुन बमोजिम कार्वाही हुने दाहालले बताए ।