गोपाल काफ्ले पथरी, २५ साउन
विपन्न नगरिक आवास कार्यक्रम अन्तरगत फर्जि विल बनाएर पथरी शनिश्चरे नगरले रकम निकासा गरको रहस्य बाहिरिएको छ । नगरले गरिवका लागि २ लाख रुपयाँ खर्च गरेर बनाएको घर सम्पन्नै नभैई पैसा निकासा भएको भेटिएको हो ।
सामान्य कागजपत्र नपुग्दा फाईल अड्कीने नगरमा कर्मचारी र जनप्रतिनिधीको मिलेमहत्वोमा राज्यको पैसा कसरी दोहन हुदोरहेछ भन्ने एउटा गतिलो उदाहरण हो यो । गाउँ गाउँमा आएको सिंहदरवारले जनतालाई भन्दा कर्मचारी र जनप्रतिनिधीलाई राज भएको देखिएको छ । घटना हो मोरङको पथरी शनिश्चरे नगरपालिकाको । नगरले आर्थिक बर्ष २०८०/८१ को आर्थिक मसान्त सम्म गर्नु पर्ने घरको कामै सम्पन्न नभै रकम निकासा गरेको हो ।
नगरले पथरी शनिश्चरे ३ का डम्वर बहादुर लिम्बु र पथरी शनिश्चरे ७ कि लिलामाया आङदाङ्वेको घर सम्पन्न नभै पैसा निकासा गरेको छ । पथरी शनिश्चरे ७ कि एकल महिला लिलामाया आङदाङ्वेलाई नगरेले घर बनाई दिने भए पछि दङं परेकी थिन । यतिबेला त्यहि घरले मार्लाकी भन्ने पीरमा छ लिलामायालाई । नगरले घर त बनाइदियो तर खावाखुटी मात्रै छ । न घरको वरिपरि वाल छ न गतिलो खाबा खुट्टि छन । सामान्य हावा हुरिले छानो उडाउलाकी भन्ने डर छ लिलामायालाई ।
साना कोठा, होचो घर त्यसमा पनि सा–साना फलामका पाइप लगाएका छन भने वरिपरिको दिवाल समेत छैन । एकल महिला तिन नानीहरु लिएर त्यस्तो घरमा कसरी बस्छीन होला लिलामाया । नगरले बनाएको दुई कोठे घर पनि मान्छे बस्न लायक छैन । मान्छे नै बस्न नसक्ने मापदण्ड भन्दा फरक आँखामा छारो हाल्ने काम गरेर रकम निकासा गरेको नगरबाट जनताले के आशा राख्ने ?
अधिकाम्स घर निर्माणकै क्रममा अपुरै छन । तर प्राय सबै घरको रकम निकासा भएको छ । नगरले २०८०/८१ मा विपन्नका लागि २९ वटा घर बनाउन छनोट गरेको थियो । अनुगमन समितिले काम सम्पन्न भएको सिफारिसको आधारमा नगद निकासा भएको प्रमुख प्रसासकृय अधिकृत शशि राईले बताए । राईले भने उपमेयरले अनुगमन गरेर आएको डकुमेन्टका आधारमा मात्र हामीले निकासा गरेका हौ । नगरमा उपप्रमुख देविमाया काफ्लेको संयोजकमा अनुगमा समिति छ । अनुगमन समितिले के हेरेर सिफारिस गर्यो भन्दै उपप्रमुख देवि माया काफ्लेको नियतमा जनताले शंका गर्न थालेका छन ।
छनोट भइका विपन्नको घरको अवस्था हेरेर कसैलाई छाना कसैलाई घरको वालको काम भएको नगरका इन्जिनियर सन्तोष केसिले बताए । जस्मा केहिले विपन्न ब्यात्तीले घर बनाउन नसकेका र केहिको घर अपुरो भएको इन्जिनियर केसिको भनाई छ । नगरले आर्थिक मसान्त सकिन लाग्दा झारो टार्न बनाएको घरले नगरका कर्मचारी र जनप्रतिनीधीको नियत प्रस्ट पारेको छ । सामान्य एउटा विल नपुग्दा फाइल अघि नसर्ने नगरमा योजना सम्पन्नै नभै रकम निकासा हुनेले यहाँका कर्मचारी र जनप्रतिनिधी भ्रष्ट छन भन्नेमा दुई मत नहोला ।