इलाका प्रहरी कार्यलयकले लोपोन्मुख प्रजातीको वन्यजन्तु टोकेसहित मोरङ सुन्दरहरौचा न.पा. वडा नं ११ बस्ने बर्ष ४० को दिपक कुमार चौधरीलाई पक्राउ गरेको छ । साउन २५ गते कानेपोखरी गा.पा. वडा नं ०७ स्थित पुर्व पश्चिम राजमार्गमा टोके सहित उनि पक्राउ परेका हुन ।
चेकिङमा रहेको प्रहरीले चौधरी माथि शंका गरि खनतलासी गर्दा निजको साथमा लुकाई छिपाई अबैध रुममा विक्री गर्ने उदेश्यले बोकेको सरीसृप जन्तु टोके, अङ्ग्रेजि नाम (Toky Gecko) फेला परेको प्रहरीले बताएको छ । प्रहरीले चौधरीले चलाएको मोटर साईकल प्रदेश ०१-०२०४४ प ५४७७ र दिपक कुमार चौधरीलाई पक्राउ गरी सरीसृप जन्तु टोके, आबश्यक कानूनी कारवाहिको लागि सव -डिभिजन वन कार्यालय कानेपोखरी मोरङलाई बुझाएको छ ।