गोपाल काफ्ले/पथरी, २६ साउन
नेपाल स्काउट जस्तो सामाजिक संस्थाले अभिभावक संग पैसा असुल्छ भन्दा तपाइलाई विश्वास लाग्छ ? तर पथरीशनिश्चरेमा स्काउटले भने विभिन्न वहाना वनाई अभिभावकवाट मोटो रकम असुुलिरहेको छ । पथरी शनिश्चरे स्काउटले पथरी शनिश्चरेका निजी तथा सामुदायीक विद्यालयमा अध्यायन गर्ने विद्यार्थीवाट एक हजार देखी ३ हजार ५ सय रुपयाँ सम्म रकम असुलेको अभिभावकहरुले गुनासो गरेका छन् ।
सामाजिक उत्तरदायीत्व बोकेको संस्थाले निति विपरित पैसा उठाउन थालेपछी स्काउट प्रतिको विश्वाश शंका पैदा भएको छ । आफ्नो कार्यक्रम सम्पन्न गर्नका लागी मनोमानी रुपमा विद्यार्थीबाट पैसा अशुल्न थालेपछि नेपाल स्काउट पथरी शनिश्चरेले ठगी गर्न थालेको अभिभावकले आरोप समेत लगाएका छन् ।
स्काउटकाे सेवा शुल्क उठाउन नपाउने तर स्थानिय पालिकाले बजेट ब्यावस्थापन नगरे स्कुल र अभिभावकको सहकार्यमा पोसाकका लगि ब्यावस्थापन गर्न मिल्ने स्काउट प्रदेश साहायक कुशेश्वर रायाले बताए । यता नगरले स्काउट कार्यक्रम संन्चालनका लागी पाँच लाख वजेट विनियोजन गरे पनि स्काउटले विद्यार्थीवाट रकम असुलेको खवर बाहिरिएको छ ।
पथरी शनिश्चरे स्काउटले निति विपरित रकम उठाउन नपाउने पथरी शनिश्चरे नगर शिक्षा शाखाका अधिकृत नविन खुलालले बताए । बुढाथोकीले भने ‘निर्देशिका विपरित विद्यार्थीवाट रकम उठाउनु गलत हो, स्काउटमा पैसा उठाउन पाउने भन्ने व्यावस्था छैन्’ हामीले उठाएको थाहाँ पाए पछि सबै रकम फिर्ता गरेको शिक्षा शाखाका अधिकृत बुढाथोकीले बताए ।
पथरी शनिश्चरेका तिन सामुदायीक विद्यालय सिंहवाहिनी मावी, भागिरथ मावी र पञ्चायत मावीमा कार्यक्रम संञ्चालनमा आएको छ । पथरी शनिश्चरे स्काउट प्रत्येक विद्यालयवाट ३६ जना (१८ छात्रा र १८ छात्र) का दरले १०८ विद्यार्थी आवद्ध रहेका छन । पथरी शनिश्चरे स्काउटले प्रत्येक विद्यार्थीबाट पाँच सय देखि तिन हजार पाँच सय सम्म उठाएको छ । अघिल्लो वर्ष सुनाखरी माध्यमिक विद्यालयमा उत्त कार्यक्रम सम्पन्न भएको थियो । तर उत्त विद्यालयमा भने कुनै समस्या र गुनासो थिएन ।
सामुदायीक विद्यालयबाट एक हजार उठाएको स्काउटले निजी विद्यालयबाट ३५ सय हाराहारी उठाएको निजी विद्यालय विद्यार्थीहरु बताउछन । दुई बर्ष अघि भित्रिएको स्काउटले नगरका संस्थागत तथा सामुदायीक विद्यालयक ४२ जना शिक्षक शिक्षिकालाई राखेर तालिम दिइएको थियो । तालिम पनि पानिमा बालुवा सरह भएको एक शिक्षकले नाम नबताउने सर्तमा बताए । तालिम प्राप्त गरेका शिक्षक र विद्यालयहरुले हाल सम्म पनि विद्यालयमा स्काउटका गठन गर्न सकेका छैन्न ।
पथरी शनिश्चरे नगरपालिकाले यस आर्थीक वर्षमै मात्र स्काउट कार्यक्रम सञ्चालनका लागी नगद ५ लाख रुपयाँ विनियोजन गरिएको छ । स्काउटले यस वर्ष पञ्चायत मावीका विद्यार्थी संग १ हजारका दरले असुलेको छ भने निजी क्षेत्रको रेडस्टारका विद्यार्थीवाट ३ हजार ५ सय रुपयाँ रकम असुलेको छ । त्यस्तै भागीरथ मावीका विद्यार्थी र सिंहवाहिनी मावीका विद्यार्थी संग पनि पोसाक र तालिमका नाममा पैसा उठाएको भन्ने हल्ला भैरहेको छ ।
स्काउट पथरीका आयुक्त रोशन वुढाथोकीले तिन सय पचाँस देखि चार सय सम्म पर्ने व्याच स्काफ र टोपीका लागी रकम संकलन गरेकने प्रतिकृया दिदै आएका छन । स्थानिय सरकारवाट वजेट विनियोजन भए पनि विद्यार्थीको समेत अपनत्व होस भनेर विद्यार्थीकै अभिभावकको सल्लाहमा पैसा उठाएको प्रतिकृया दिदै आएका छन । तर नगरपालिकाले नै वजेट विनियोजन गरेपछि फेरी विद्यार्थीवाट समेत रकम असुल्नुले अभिभावकलाई आर्थिक भार थपिएको एक अभिभावकले वताए । पञ्चायत मा विमा अध्यानरत विद्यार्थी संम्भव बास्कोटाका अभिभावक युवराज बास्कोटाका अनुसार निति विपरित स्काउटले पैसा उठाए पछि आफुले नतिरेको वताए ।