मोरङ पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ प्रमुख मुरारी आचार्य कार्यालय समयमा कार्यालय नै छोडी हिड्ने गरेका छन । गएको साउन ११ गते शुक्रबार लायन्स क्लव पथरीकाे एक कारेयत्रःममा कार्यालय नै छाडेर हिडेका थिए ।
आचार्य लायन्स क्लव पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरी शनिश्चरे र लियो पथरी सहित संयुुक्त रुपमा गरिएको १ दिने आँखा शिविर कार्यक्रम कार्यलयनै छाडेर पुगेका थिए । आचार्य पथरी लायन्स क्लवका अध्यक्ष समेत हुन । उनि ११ बजे भएको कार्यक्रममा कार्यालयनै छाडी पुगेका थिए ।
उनि यसरी कार्यालय समयमा कार्यालय नै छोडेर हिड्दा समेत नगर भने चुइक्क बोल्न सकेको छैन । आचार्यले कार्यालय छाडेर हिडेकाे यो नै पिहलो घटना भने हैन । पथरी शनिश्चरे क्षेत्रमा भएका अधिकाम्स कार्यक्रममा उनलाई अतिथी बोलाउन नबोलाउन तर कार्यक्रममा पुग्ने र अतिथि बस्ने गरेका छन । यस्ता कार्यक्रममा उनलाई कार्यालय समयले केहि फरक पार्दैन । यति मात्र हैन उनि काग्रेस निकट भएकाले काग्रेसकाे कार्य्रममा काठमाडौ सम्म पुग्ने गरेका छन । २०७८ मंसिर २४ कांग्रेसको १४ औं महाधिवेशन कार्यलय छोडी एक हप्ता सम्म काठमाडौमा महाधिवेसनमा रमाएका थिए ।
आचार्य स्वास्थ शाखाको काम भन्दा बढि बाहिरै रमाउने कर्मचारीमा पर्दछन । उनि पथरी शनिश्चरेमा विगत १६ बर्ष देखि रजगज गर्दै आएका छन । उनि पछिल्लो समय धेरै विबादमा परेका छन । नगरमा स्वास्थमा जस्ता सुकै समस्या आए पनि उनलाई केहि फरक पर्दैन । पावरको रबाफ देखाउने आचार्य नेपाली काग्रेरका क्रियासिल हुन । नेपाली काग्रेसको अधिकाम्स कार्यक्रम र अधिवेशनमा कार्यालय छोडि काठमाडौ सम्म पुग्ने आचार्यले किर्ते सातै तह लिएको विषयमा अतियारमा उजुरी परेको थियो ।
पथरी शनिश्चरे नगरमा स्वास्थमा समेत धेरै समस्या देखिएको छ । स्वास्थ विमाको कर्मचारीले नविकरण गर्ने भन्दै पैसा उठाउने र नविकरण नगर्ने, दिर्घ रोगिले समयमै पैसा नपाउने । आचार्यलाई भेट्न आउदा कार्यलयमा नभेटिने, कोरोनाका समयमा निति विपरित नगरको पैसा बोक्ने लगायत भेडेटारमा कर्मचारीको कार्यक्रममा तास खेलेको विषयमा विबादित बन्दै आएका थिए । उनिलाई पछिल्लो समय आफ्नै कार्यलयकी कर्मचारी माथी यौनदुब्यावहार गरेको आरोप समेत लागेको छ । उत्त आरोप लागेकै बेला लायन्स क्लव पथरीले आचार्यलाई अध्यक्ष बनाएको थियो ।