गोपाल काफ्ले\पथरी, १० श्रावण
नेपालमै कृषी माध्यमबाट राज्यलाई सहयोग गर्न उदेश्यका भारतीय सेनाबाट फर्कीएका मोरङ पथरी शनिश्चरे १ का भिम सेनी सुब्बा यति बेला दोधारमा रहेका छन । नेपालमा फरक तथा नौलो खेती सावर सुप ‘एन्टी क्यान्सर’ खेती सुरु गरेका सुब्बालाई राज्यको विभिन्न निती निमार्णले अवरोध गरेको छ ।
ब्यावसायीक खेति गर्ने उदेश्यले अमेरीकाबाट सावर सुप ‘एन्टी क्यान्सर’ का विरुवाहरु ल्याए । विरुवाले फल दिन सुरु गर्दै गर्दा उनले संचालन गरेको फार्म पूर्वपश्चिम रेलवेको ट्रयाकमा परे पछी उनि दोधारमा रहेका हुन । आफ्नो उर्भर जिवन भारतीय सेनामा बिताए । १७\१८ बर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ति भएका सुब्बालाई १८ बर्ष पछि देशमै कृषी गर्ने रहर जाग्यो ।
भारतीय सेनामा कमाएको पैसा, सिप र देश तथा विदेशमा हुदा देखेको सपनाले उनिलाई २०७५ सालमा कृषक बनायो । नेपालमै कृषी क्षेत्रमा केहि गर्ने योजनाले ७५ सालमा खोलेको सगरमाथा कृषी फर्ममा रेलवेको ट्रयाक परेपछी आफ्नो सपना अधुरै रहने होकी भन्ने चिन्तामा बढ्यो । सुब्बाले गरेको खेति नेपालमा नौलो र फरक किसिमको कृषीबाली हो । ‘एन्टी क्यान्सर’ विरुवाका रुपमा चिनिएको सो वृक्षलाई विदेशमा राम्रो संग प्रयोग गरिएको पाईन्छ । नेपालमा यसको महत्ववारे थाह नभएकाले प्रयोग हुन नसकेको पथरी शनिश्चरे २ का वडाध्यक्ष नैना राईले बताउनु भयो ।
विरुवा विक्री गर्ने सोचमा रहेका उनले केहि विरुवा भने निशुल्क रुपमा वितरण गरेका छन् । ‘क्यान्सर रोग विरुद्ध विश्वमा प्रयोग हुने सावर सुप नेपालमा पनि हुने भएकाले व्यावसायीक खेती सुरु गरेको लिम्बु बताउछन । ‘प्रचार र व्यावसायीकता भयो भने मात्र यसको महत्व सवैले वुझछन ।’ लिम्बुले बताए ।
भारतिय सेनामा रहदा अफ्रिका पुगेका सुब्बाले त्यहा देखेको सावर सुपको वोटलाई आफ्नो वारीमा हुर्काइरहेका छन् । सुब्बाले ५ वर्ष अघि आफन्त मार्फत अमेरीकावाट विउ मगाएर यसको खेती सुरु गरेका थिए । अफ्रिकामा खेती हुने र यसको पात समेत विक्री हुने देखेर यसको वारेमा चासो राखेका लिम्बुले नेपाल फर्केपछि १० कठ्ठा जमिनमा यो खेती सुरु गरेका हुन ।
अमेरीकावाट १२ सय डलर तिरेर विउ मगाएको सुब्बाले ४५ वाट विरुवा उमार्न सफल भएका थिए । तिनै विरुवालाई अहिले विभिन्न प्रविधी अपनाएर लगभग डेढ सय विरुवा बनाएका छन । यसको पात समेत नेपाली वजारमा महगो मुल्यमा विक्रि हुदै आएको छ भने फलको मुल्य समेत प्रतिकेजी २२ सय भन्दा वडि रहेको छ । यो फलमा ५ प्रकारका विभिन्न फलको स्वाद पाइने गरेको छ । पातलाई तातोपानीमा उमालेर चियाको जस्तो पिउने हो भने मात्रै पनि शरिरलाई धेरै फाइदा प्रयोगकर्ता वताउछन् । क्यान्सर रोग नलागोस भनेर र विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले सावर सुपको पात र फल सेवन गर्ने गरेको प्रयोगकर्ता विरेन सावाँ बताउछन ।
सुरुवाती समयमा लेयर्स कुखुरा, बंगुर र माछा पालन गरेका उनले अहिले सावर सुप र काजुका विरुवा हुर्काउन थालेका छन् । १ विगाहा क्षेत्रमा फैलिएको सावर सुपका विरुवावाट फल पनि उत्पादन सुरु भएको छ । हुर्किएका विरुवालाई ‘एयर ल्र उत्त बालिको पहिचान गरि आउदो दिनमा विशेश प्राथमित्ताका साथ काम गर्ने कार्ययोजना बनाएको यायरिङ’ र ‘ग्रयाफिटङ्’ प्रविधी अपनाएर विरुवा उत्पादन गरिरहेका लिम्बुले अहिले तत्काल भने विरुवा विक्रि गरेका छैनन् ‘आफ्नै वारीमा थप विरुवा हुर्काएर अझ व्यावसायीक वन्ने प्रयासमा छन’ । नेपालीलाई स्वास्थ राख्ने उदेश्यले फल वजारमा पु¥याउने लक्ष्य लिएका लिम्बु यतिवेला सावर सुप फलको महत्ववारे स्थानिय वजारमा वताउदै आएका छन् ।
क्यान्सरवाट वर्षेनी धेरै नेपाली पिडित वनिरहेको अवस्थामा यो फलको सेवनवाट क्यान्सर रोग नियन्त्रणमा सहयोग पुग्ने अध्यायनहरुले देखाएको छ । नेपाली माटोमा नयाँ फलका रुपमा रहेको सावर सुपको उपभोग गर्न सरकारी क्षेत्रवाट पनि चासो हुनु पर्ने देखिएको छ । यस्तो नयाँ खेती गरेका लिम्वुलाई सरकारी क्षेत्रवाट साथ र सहयोग नपाएको सुब्बाले गुनासो गरेका छन ।
सिमित बजेटका कारण कृषको अपेक्षा अनुसार अनुदान नपुगे पनि पथरी शनिश्चरे नगरमा धेरै नौला र ब्यावसायीक खेतिहरु भित्रिएको पथरी शनिश्चरे कृषि शाखा प्रमुख सविना राई बताउनु हुन्छ । उत्त बालिको पहिचान गरि आउदो दिनमा विशेश प्राथमित्ताका साथ काम गर्ने योजना रहेको राईको भनाई छ ।
१८ वर्ष भारतिय सेनामा योगदान गरेका लिम्बु स्थानिय वजारमा आर्गनिक कृषी उत्पादन वजारीकरण गर्दै आएका थिए । फार्ममा पूर्वपश्चिम रेलवेको ट्रयाकमा परे पछी बैकबाट लोन बन्द भएको छ । नेपाली वजारमा नयाँ किसीमको यो फललाई तराईका क्षेत्रमा विस्तार गर्न सके र यसको थप अध्यायन गर्न र महत्ववारे जान्न सके नेपाली माटोमा नयाँ कुरा हुनेमा दुईमत छैन ।