गोपाल काफ्ले/पथरी, २० असार
आजभोली भुवनेश्वर पोख्रेलको दिन चार्य फेरिएको छ । पुर्व शिक्षक पोख्रेल विहान वेलुका आफ्नो वारीमा काजुको विरुवा स्याहार गरिरहेका हुन्छन् । उमेरले ७५ वर्षे पुगे पनि उनको जोस भने युवाको झै छ । करिव ३ बर्ष अघि तिर्थयात्राका लागी भारतको चारधाम जादा ऋषीकेशवाट ल्याएको काजुको विरुवाले पोख्रेललाई ब्यावसायी बनाएको छ । तीन वर्ष पछि नै तिनै विरुवाले उत्पादन दिन थाल्यो । अहिले करिव ३ कठ्ठा जग्गामा पोख्रेलले काजुका विरुवा लगाएका छन् ।
मोरङको पथरी शनिश्चरे ३ मा पोख्रेलको वारीमा अहिले काजु देखी ड्रागन, अंगुर सम्मका विरुवा छन् । पोख्रेलले रोपेको काजुले उत्पादन दिन थालि सकेको छ । काजु फल्न थाले पछि खुसी भएका पोख्रेलले काजुका विरुवा समेत उत्पादन गर्न थालेका हुन् । पहिलो वर्ष ५ केजी उत्पादन भएको काजुलाई पुन रोपेर पोख्रेलले विरुवा उत्पादन गरे । तिनै विरुवावाट अहिले उत्पादन सुरु हुन थालेको छ । नेपालमा पनि काजुको व्यावसायीक खेती सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन पोख्रेल । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले व्यावसायीक रुपमा काजुको खेती गराउन विरुवा उत्पादन गरि विक्रीवितरण थालेको उनको भनाइ रहेको छ ।
पथरी शनिश्चरे नगरमा नयाँ नयाँ कृषी खेति सुरु भएको कृषी शाखा प्रमुख सविना राई बताउनु हुन्छ । नगरमा काजु, अंगुर र ड्रागन खेती सुरु भएको र यसबाट कृषकले राम्रो आम्दानी भएको राईको भनाई छ । नगरले कृषकलाई प्रोसाहान गर्न एक वडा एक उत्पादन कार्यक्रम संगै कृषको मागमा आधारीत कार्यक्रम ल्याएको राईले बताउनु भयो ।
सामुन्द्रीक सतहवाट १ हजार ६ सय मिटर सम्मको उचाइमा हुने काजुको खेती गर्न सकिन्छ । काजुको विरुवा १० फुट भन्दा अग्लो हुन्छ । हाल बार्षिक ५ सय भन्दा वडी विरुवा उत्पादन गर्दै आएका पोख्रेलले स्थानिय क्षेत्रमा ७५ रुपयाँको दरले विक्रि वितरण गर्दै आएका छन् । नर्सरीवाटै झापा, मोरङ्ग र सुनसरी सम्म विरुवा बिक्री भए पछि पोख्रेलको मुहारमा खुसी छाएको छ । विरुवाको माग पहाडी जिल्ला तेह्रथुम सम्म हुन थालेको छ ।
विरुवा उत्पादन थालेको पहिलो वर्ष नै उर्लावारी नगरपालिका कृषी शाखाले १ सय ५० जती विरुवा किसानलाई वडेर फल उत्पादन हुन थालेको छ । उब्जनी नदिने रुख्खो जमिनमा अन्य काठका विरुवाको स्थानमा काजुको विरुवा लगाए मनग्य आम्दानी हुने देखिन्छ । बर पिपलको जस्तै ठुलो झाङगिने भएकाले ५० केजि सम्म फल्ने पोख्रेलले आशा लिएका छन । पोख्रेलको नर्सरीमा एउटा बोटबाट बार्षीक १५ देखी २० केजी सम्म काजु फल्न थालेको छ । ‘व्यावसायीक रुपमा काजुको खेती गर्ने हो भने जागिर खानु र विदेश जानु नपर्ने पोख्रेल बताउछन । उनी भन्छन् ‘नेपालमा धान मकै कोदो भन्दा काजु खेती फस्टाउछ यसवाट राम्रो आम्दानी पनि हुन्छ’ ।
नेपालमा भारत र भियतनामबाट काजु आयात हुने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको थियो । वजारमा पाइने भारतिय काजु भन्दा नेपालमा आफैले उत्पादन गरेको ठुलो रकम बाहिरीनबाट रोकिने थियो ।
भारतमा मात्रै व्यावसायीक रुपमा उत्पादन हुदै आएको काजुका वारेमा नेपालमा अध्यायन भए आम्दानी र रोजगारी बढ्ने देखिन्छ । काजु स्वास्थ्यवद्र्धक, पोषिलो र तागतिलो हुने भएकाले यसको बजारमा राम्रो माग रहेको छ । काजु प्रति केजी १ हजार ६ सय देखि २ हजार सम्म विक्रि हुने गरेको छ । यसको बाहिरी फल पनि वाइन बनाउन केजिको ११ सयका दरले बिक्री हुने गरेको पाइएको छ ।
पछिल्लो समय फरक र नयाँ खेति गर्न रुचाउने किसानको संख्या बढ्दो छ । ड्रागन, अंगुर, काजु, एभोकाडो, किभीका विरुवाको माग पनि उच्च रहेको छ । पोख्रेलले थालेको व्यावसायीक कृषी कार्यलाई स्थानिय सरकार सहयोग गर्नु पर्ने देखिन्छ ।