रबिन्द्र बराल रंगेली, १५ असार
मोरङको कानेपोखरी रंगेली सडक खन्ड अन्तर्गत गेउरीया पुलको १० वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । कानेपोखरी गाउँपालिका २ स्थित कानेपोखरी रंगेली सडकमा पर्ने गेउरीया खोलाको पुल निर्माण कार्य अझै अलपत्र अवस्थामा रहेको छ । गत चैत महिनामा अख्तियार आयोग र सडक बिभागको टोलीले अनुगमन गरेर काम चाँडै सक्न निर्देशन दिएता पनि पुलको निर्माण कार्य भने सम्पन्न भएको छैन ।
अख्तियार र सडक बिभागले निर्देशन दिएको ४ महिना बितिसक्दा समेत पुलको निर्माण कार्य भने कछुवाको गितमा चलिरहेको छ । हाल सम्म पनि पुलको उत्तर र दक्षिण तर्फबाट माटोको काम र पुलको रेलिङको काम सुस्त गतिमा चलिरहेको छ । उत्त पुल बनाउने भन्दै सो क्षेत्रबाट एमालेका ऋषिकेश पोखरेल दुई दुई पटक संघिय चुनाव जिते तर पुलको मुहार भने फेरिएन । उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँच जनाभन्दा बढीले ज्यान गुमाउनु परेको र सयौं जना घाइते समेत भएका स्थानीयले बताएका छन् ।
३ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले ठेक्का पाएको थियो । १५ मिटर लम्बाई उत्त पुल १ करोड १८ लाख रुपैयाँमा ठेक्का लागेको थियो । यति बेला १० वर्ष बितिसक्दा समेत १५ मिटर लम्बाईको पुल बनाउन नसक्ने सरकारले देश कसरी बनाउँछन भन्दै स्थानीय आक्रोशित बनेका छन । ठेक्केदारको लापरबाहीका कारण समय अबधिमा निर्माणकाय सम्पन्न नगर्ने ठुला कम्पनीलाई किन सडक बिभागका प्रमुखहरुको ध्यानाकर्षण नभएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन ।
यो बर्षाको समयमा समेत यात्रुहरुले ज्यान जोखिमा राखेर आवतजावत गर्ने बाध्य भएको स्थानीय पुन्य प्रसाद रिमालले बताए । गाउँको पुल बनाउन कुनै सरकारबाट कुनै पहल भएन बरु स्थानिय चुनावमा संसदका लागि भोट बैंक मात्र बनेको रिमालले बताए । बाटोका कारण यात्रा गर्न जोखिम भए पनि स्थानियका सरकार र सम्धित निकायले ध्यान नदिएको स्थानियको आरोप छ । दैनिकी उक्त सडकहुदै सयौं सवारी साधनहरु आवतजावत गर्ने भएकाले पुल चाडो निर्माण गर्न स्थानिय सरकारलाई पहल गर्न गुहार माग्दै आएका छन । पुल बन्छ कि भन्दा भन्दै स्थानीयहरुले बाटो हेरेका १० बर्ष निति सक्यो तर पुल बनेन्।