रबिन्द्र बराल,रङ्गेली/१३ असार, इलाका प्रहरी कार्यालय रंगेलीले अहिले सम्मकै ठूलो परिणाममा गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । धनपालथान गाँउपालिका वडा नम्बर ७ कमलपुर टोलका ३० बर्षीय राजकुमार सिंह पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय रंगेलीले गोप्य सूचनाको आधारमा सिंहले आफ्नो घरमा लुकाइ राखेको ४९ बोरा १५ सय केजी गाँजा बरामद गरेको हो ।
१५ सय केजी गाँजा बरामत गर्न इलाका प्रहरी कार्यालय रंगेली संगै गडेरिया,कर्सिया, पोखरिया, अमाही र मायागंज चौकी खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा सिंहको करेसा बारीमा भएको भुसगोठ भित्र ४९ ओटा खाँदको बोरामा लुकाएर राखेको गाँजा भेटेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निर्देशक सन्तोष खड्काले जानकारी दिए । प्रहरीले पक्राउ गर्न सफल भएको छ। सिंहले गहुँको भुस राख्ने गोठमा भुसले छोपेर राखेका प्रहरीको भनाई छ । सिंहलाई थप अनुसन्धान गरि मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।