अर्जुन काफ्ले/पथरी, १४ असार,
नेपाली राष्ट्रिय महिला फुटवल टोलीकि मिडफिल्डर सरु लिम्बूले राष्ट्रिय महिला फुटबल टोलीमा नौ महिना पछि पुनरागमन गरेकी छन् । लिम्बू मोरङ पथरी शनिश्चरे किर्तिपुर बासी हुन । उनी गाउँमा हुने साना साना प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सन् २०१६ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।
५ असोज ०८० मा १९औँ एसियाडमा भियतनाम विरुद्धको खेलमा खुट्टा भाँचिएको थियो । खुट्टाको उपचार गरि बसेकी लिम्बुले फेरि राष्टिय टोलीमा स्थान पाएकी हुन । ५ असोज ०८० मा भियतनाम विरुद्ध उनले अन्तिम पटक खेल खेलेकी थिइन् । लेबनानले आयोजना गर्ने चारदेशीय प्रतियोगिता सरुले नेपालको तफबाट खेल्ने भएकी छन् । प्रशिक्षक राजेन्द्र तामाङले गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा बुधबार २२ सदस्यीय टोली घोषणा गरेका छन् । घोषित टोलीमा सरुले स्थान बनाएकी हु्न् । वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको जोर्डन विरुद्धको फाइनलमा नेपाल पराजित हुँदा सरु टोलीमा थिइनन् ।
घाइते भएपछि सरुले भारतीय महिला लिगसमेत खेल्न पाइनन । अनुभवी मिडफिल्डर सरुले नौ महिनापछि कमब्याक गर्नेछिन् । ५ असोज ०८० मा १९औँ एसियाडमा भियतनाम विरुद्ध उनले अन्तिमपटक खेल खेलेकी थिइन् । त्यसपछि उनी एकैपटक अहिले राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । १९औँ एसियन गेम्सको तयारी गर्दा उनको खुट्टा भाँचिएको थियो । ‘मैदानमा धेरैपछि फर्किएको छु,’ सरुले भनिन् । नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी मोरङ पथरीशनिश्चरेकी सरुले चोटपछि १९औँ एसियन गेम्सपछि वाफ च्याम्पियनसिप गुमाइन् । यसबीचमा उनले सात खेल खेल्न पाइनन् ।
सरुको पुनरागमनले पथरी शनिश्चरेमा खुसी छाएको छ । सरु खेलाडी उत्पादनमा निकै अगाडी रहेको पथरी शनिश्चरे किर्तिपुर बजारबाट फुटवलमा उदाएकी हुन । सरुले विश्व सामु नेपाल र पथरी शनिश्चरेको नाम चम्काएको सरुलाई स्कुल लेवलमा फुटवल खेलाउने गुरु विरोज मगरले बताए । विरोज मगर र किर्तिपुर बजारले सरु संगै अन्य फुटवल र क्रिकेटमा महिला, पुरुष खेलाडीहरुलाई राष्टिय स्तरका खेलाडी बनाई सकेका छन ।