रबिन्द्र बराल/असार ११, शान्ति. उद्वार, सुरक्षाः सदा बराह रक्षितः सुरक्षित सीमा सुरक्षित जीवन भन्ने मूल नाराका साथ खुल्ला सिमानाका विषयमा विद्यार्थीहरूलाई अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । प्रदेश सरकार आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको समन्वय र सहकार्य तथा ससस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली सुनसरीद्वारा आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।
रङ्गेली ४ स्थित वडा कार्यालयको सभा हलमा भएको कार्यक्रममा गणेश माध्यमिक विद्यालय चोप्राहामा अध्यन गर्ने कक्षा ८, ९ र १० का छात्रा छात्राहरूलाई खुल्ला सीमाका बिषयमा जानकारी समेत गराएका थिए । ससस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक नवीन अधिकारीले सिमाका बिषयमा विद्यार्थीहरूलाई जानकारी समेत गराएका थिए । नियन्त्रित सीमा प्रणाली, बन्द सीमा प्रणाली, सीमा भनेको दुई देश वा दुई भु-भागलाई छुट्याउने रेखा, चिन्ह, भौतिक संरचना, जमिनी भाग वा जलिय भाग भएको जानकारी गराए ।
सीमा भनेको राजनीतिक वा भौगोलिक विभाजन, देश, प्रदेश, जिल्ला, स्थानिय तह वा कुनै पनि दुई भु-भागलाई एक अर्कामा छुट्याउन सहज हुने र सीमा विभिन्न सन्धि, सम्झौता, समझदारी तथा प्रयोगको आधारमा निर्धारण गरिएको र जमिनमा भौतिक चिन्ह वा स्वरुपले र नक्सामा रेखाले सीमा निर्धारण गरिए बिषयमा अधिकारी ले जानकारी गराएका थिए । कार्यक्रममा ससस्त्र प्रहरी का दिवाकर राउत, रङ्गेली बेस क्याम्पका प्रहरी निरीक्षक राजु श्रेष्ठ स्थानीय बुद्धिजी समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो।