साइनोखवर पथरी–०८ असार
मोरङ पथरी शनिश्चरेका प्रज्वल न्यौपाने कोशी प्रदेशबाट राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता खेल्ने भएका छन । सहाना प्रधान स्मृति यु १९ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका लागि कोशी प्रदेशबाट टिममा परेका छ्न । पथरीशनिश्चरे १ का न्यौपाने कोशी प्रदेश भलिबल संघले प्रकाशित गरेको अन्तिम सुचिमा अटाएका हुन । केही दिन अघि खेलाडी छनौट गरेको प्रदेशले अन्तिम २८ बाट १८ खेलाडी छनौट गरि बन्द प्रशिक्षणमा राखेको थियो । लिफ्टर पोजिसनमा खेल्ने न्यौपाने पथरीशनिश्चरेको एभरेष्ट भलिबल क्लबका नियमित सदस्य हुन ।
पथरी शनिश्चरे १ मा रहेको एभरेष्ट मा वि कक्षा १२ मा अध्यानरत न्यौपानेले गएको राष्ट्रपति रनिङ शिल्डमा विद्यालयलाई प्रथम बनाएका थिए । विद्यालय स्तरका खेलमा आफुलाई अब्बल सावित गर्दै आएका न्यौपानेले सानै उमेरमा जिल्ला र प्रदेश स्तरका खेलको अनुभव लिई सकेका छन । असार ५ मा १४ खेलाडी सहित अफिसियल को नाम सार्बजनिक गर्दा न्यौपाने सो सुचिमा अटाएका हुन ।