साइनोखवर पथरी–०८ असार
आफ्नो स्वार्थमा बजेट नआए जनप्रतिनिधी विच कतिको रोइलो हुन्छ भन्ने उदाहरण वनेको छ मोरङ्गको कानेपोखरी गाँउपालिका । गाँउपालिकाका जनप्रतिनिधीको रोइलोले यहाका वासिन्दा समेत आजित वनेका छन् । कहिले गाँउपालिकाको भवनका विषयमा वादविवादमै उत्रिन्छन त कहिले वजेटमा मनपरीको आरोप लगाउने गरेका छन् ।
कानेपोखरीका जनप्रतिनिधीको तिक्तता सामाजिक सञ्जाल भरि पोखीएको छ । नगर प्रवक्ता शुशिल वुडाथोकी र गाँउ पालिकाका उपाध्यक्ष भोला अधिकारीको सामाजिक सञ्जालमा देखिएको दोहरीले गाँउ वनाउने जिम्मेवारी पाएका जनप्रतिनिधीलाई ‘वादरको हातमा नरिवल’झै भएको छ । प्रवक्ता वुडाथोकीले वजेट निर्माणका क्रममा उपाध्यक्ष भोला अधिकारीले ‘दादागिरी ’ देखाएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा उनले लेख्दै भनेका छन्‘कार्यपालिकाले प्रत्येक वडामा ५ मिटर सडक कालोपत्रे गर्ने भनी ५–६ महिना अगाडि निर्णय गर्यो त्यो हुन दिईएन फेरि १ किलोमीटरका हिसावले प्रत्येक वडामा गर्ने भनियो त्यो हुन दिईएन फेरि प्रत्येक वडामा २ करोडका दरले हुन आउने सडक कालोपत्रे गर्ने भनियो त्यो पनि रोकेर हुन नदिने काम उपाध्यक्ष ज्यु गर्नुहुँदैछ किन?’ वुडाथोकीले उपाध्यक्ष अधिकारीलाई लक्षीत गरेर ३ प्रश्न समेत उठाएका छन् ।
वुडाथोकीको आरोप उपाध्यक्ष अधिकारीलाई वडाका अध्यक्षलाई काम गर्न अप्ठारो पारेको मात्रै नभइ गाँउपालिका अध्यक्ष राजमति इङनामको नेतृत्वलाई नै उपाध्यक्षले अप्ठारोमा पारेको अरोप लगाएका छन् ।
वुडाथोकीले उपाध्यक्ष अधिकारीले भनेको सडक कालोपत्रे नहुदा वजेट रोकेको आरोप लगाएका छन् भने कार्यपालिका भन्दा माथी उपाध्यक्ष अधिकारी वन्न लागेको समेत उनको आरोप छ ।
त्यसको प्रतिवादमा अधिकारीले लेखेका छन् ‘आफ्ना कमजोरी लुकाउन अर्कोलाई हिलो नछ्याप्नु है प्रवक्ता ज्यु । जनताले हिसाब खोज्दै छन् । कहाँ उपाध्यक्षको त्यस्तो अधिकार हुन्छ करोडका करोड रोक्ने । हिम्मत भए आमने सामने सवाल जवाफ गरौँ न किन रोहिलो’ ।
आफुलाई वदनाम नवनाउन अधिकारीले प्रवक्तालाई आग्रह गरेका छन् । नेकपा एमाले वाट अधिकारी उपाध्यक्षमा निर्वाचित भएका हुन भने वुडाथोकी पनि एमाले वाटै निर्वाचित वनेका हुन् । निर्वाचित भएर आए लगतै अध्यक्ष र उपाध्यक्षले गुट चलाउने गरेको आरोप छ । गुटको राजनितीक सुरु गरे संगै जनप्रतिनिधीहरु विवादमा आउन थालेका छन् । कार्यपालिका वैठकमा विवाद भएपछि केहि समय अधि भोला अधिकारीले टेवलको सिसा फुटाएको आरोप छ । एमालेले अध्यक्ष र उपाध्यक्ष विचको विबाद मिलाउने धेरै प्रयास गरेपनि विबाद झन चुलिदै गएको देखिन्छ । कार्यपालीका बैठकमा विबाद उत्पन्न भए पछि फुटेको टेवलको सिसा फेर्न समेत महिनै लागेको थियो ।
जनताको काम र पालिकाको विकासमा भन्दा पाटिको गुट र स्वार्थमा लागेका कारण वेरुजुमा कानेपोखरी गाँउपालिका जिल्लाको तेस्रो स्थानमा रहेको छ । आर्थिक वर्ष २०७९/८०मा मात्रै ५ करोड ५३ लाख ४० हजार रुपयाँ वरुजु देखिएको छ । स्थानीय सरकारबाट केहि सेवा र सुविधाको आस गरेका पालिका बासीहरुमा जनप्रतिनिधीकाे जुहारीका कारण आजित भैसकेका छन । दुई बर्ष देखि जनप्रतिनिधीले देखाएको नटकका कारण पालिकाको बेज्जत भएक स्थानीयको गुनासो छ ।
यो पनि हेर्नुस
https://www.ratopati.com/story/404067/kanepokhari