गोपाल काफ्ले/पथरी, असार ४
१९ लाख ८३ हजार १ सय ४८ को लागतमा जडान गरेकोे सडक बत्ती बेवारीसे भएको छ । सडक बत्ती बल्ने आशामा रहेका मोरङ पथरी शनिश्चरे १० जिरिखिम्ती बासीका लागि हात्ति आयो हात्ती आयो फुस्स भएको छ ।
लोक तथा दोहोरी गायक पशुपति शर्माको गितले भने झै “लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाईदैन नेपालमै हो छुट” भने जस्तै भएको छ यो बेला पथरी शनिशचरे नगरमा । बेरुजुमा आथिक बर्ष २०७९/८० मा मोरङ जिल्लाकै प्रथम स्थान हासिल गरेको पथरी शनिश्चरे नगरले जनताको मन जित्ने काम भने केहि गर्न सकेको छैन ।
छिमेकी पालिकाको देखासिकी गर्दै १९ लाख ८३ हजार १ सय ४८ को सडक बत्ती जडान गरेको थियो । सडक बत्ती जडान भएको एक वर्ष सम्म बत्ती नबले पछि साइनो खवरले पटक पटक सडक बत्तिहरु अलपत्र अवस्थामा रहेको विषय उठाएको थियो । अहिले उत्त बत्ति र पोलहरु बेवारीसे अवस्थामा पुगेका छन । एसियन हाईवो निर्माण हुने हल्लै हल्लामा हतार हतार बजेट छुट्याएर बत्ति जडान भयो । बत्ती जडान भइको एक बर्ष पछि केहि बत्ती केहि समय बले तर एसियन हाईवो निर्माण भए संगै बत्ती र पोलहरु अलपत्र परेका छन । उल्फाको धन फुपुको सराद भने झै हाल उत्त पोलहरु एसियन हाईवो निर्माणमा समेत बाधक बनेको छ । सडकमा असरल्ल छरिएका पोलहरुले सडकमा दुर्घटना ननिम्त्याउला भन्न सकिन्न ।
उत्त पोलहरु पुर्व पश्चिम महेन्द्र राजमार्गमा पथरी शनिश्चरे नगरले २०७९ सालमा जडान गरेको थियो । १९ लाख ८३ हजार १ सय ४८ को लागतमा जडान भएको ४१ पोलहरु ठडिएका थिए । पोल ठडिएको एक बर्ष पछि फाट् फुट् केहि बत्ती बलेका थिए । बलेको करिव ३/४ महिना विग्रिएका बत्ति एसियन हाईवो निर्माण सुरु भए संगै करिव २० लाखको सामाग्री बेवारीसे बनेको छ ।
उर्लाबारी नगरपालिकाले महेन्द्र राजमार्ग झिलिमिली पारे संगै पथरी शनिश्चरे नगरले सडक बत्तिको अवधारण अघि बढाएको थियो । नगरले बजारका मुख्य चोक चोकमा लाखैको खर्च गरेर सैर्य सडक बत्ती समेत जडान गरेको थियो । १० वटा वडा रहेको नगरका बाटामा बत्ती सहितका पोलहरु ठिङग्रिङ छन । पोल, बत्ति, ब्याट्रि र सोलर प्यानलको संरक्षण र मर्मत नहुदा कवाडीमा परिणत हुने देखिन्छ भने बत्ती बेगरका पोलका कारण दुर्धटनाको जोखिम समेत बढेको छ ।
नगरमा लाखैको सडक बत्ती जडान भए पनि सडक अध्यारै छ । नगरले सेटिङमा स्थानिय ब्यापारी ब्यावसायीलाई थाहै नदिइ र सुचना नगरि जनप्रतिनिधी र कर्मचारीको मिले महत्वमा जडान भएको स्थानीय हेम चन्द्र बास्तोलाले आरोप लगाएका छन । नगरका कर्मचारीको सेटिङमा जडान भएको बत्ती संचालनमा आएको १५ दिनमै बिग्रिएको बास्तोलाले बताउनु भयो । कमिसनको खेलमा नगरले बजेट दुरुपयोग गर्दै आएको कारण बेरुजुमा पथरी शनिश्चरे नगर आथिक बर्ष २०७९/८० मा जिल्लामै प्रथम भएको उहाँको भनाई छ ।
यता २०८० सम्ममा नगरका सबै सैर्य बत्ति मर्मत गर्ने बताएका नगर प्रमुख मोहन प्रसाद तुम्बापोले हाल सम्म कुनै मर्मत गराएका छैन्न । सस्लो लोकप्रियताका लागि चौकमा जडान भएको सैर्य बत्तिको मर्मत संभार नहुदै नगरले अर्को सडक बत्ती जडान गरेको थियो । एसियन हाईवो निर्माणमा परेका पोलहरुमा नगरले चासो नराखेका कारण केहि पोलहरु केहि चोकमा र केहि एसियन हाईवोमै छरिएका छन ।