साइनो समाचारदाता, पथरी /जेठ २६,
प्रतियोगीतात्मक कार्यक्रममा उपाधी नै जित्ने तयारीका साथ प्रतियोगीता स्थल पुगेका सहभागीलाई विद्यालयको रिस फेर्दै प्रतिष्पर्धी वन्न नदिदा ति विद्यार्थीको मानसिकतामा कस्तो असर पर्छ ? यसैको एउटा उदाहरण वन्यो पथरीशनिश्चरे नगर प्याब्सनले गरेको चित्रकला प्रतियोगीता । जेठ २५ मा नगर भित्रका प्याब्सन आवद्ध १३ विद्यालयका २६ विद्यार्थी सो चित्रकला प्रतियोगीतामा सहभागी गराईने भनिएकोमा मध्ये बाल्मिकी आवसीय मावी र ग्रेड ग्रेस वोडीङका चार जना विद्यार्थीलाई प्रतिष्पर्धीका रुपमा सहभागी गराईएन । बाल्मिकी आवसियवाट सनम शिवा र जेनी राई र ग्रेड गेसका प्रसन्न तामाङ र नरेन लिम्बुलाई सो प्रतियोगीतामा प्रतिष्पर्धी बन्न पाएनन् ।
वाल्मिकी र ग्रेड ग्रेसले प्याब्सनको नियम नमानेकै आधारमा प्रतिष्पर्धाबाट ति विद्यार्थीलाई बन्चित गराएको थियो । वाल्मिकी र ग्रेडग्रेसले प्याब्सनले सिफारीस गरेको पुस्तक विद्यालयमा नलगाएकै कारण विद्यार्थी माथी विभेद गरिएको छ । नगरका ७ वटा निजी विद्यालयले प्याब्सनले सिफारिस गरिएको पुस्तक आफ्नो विद्यालयमा प्रयोग गरेका छैनन् । उनीहरुले यसरी कुनै संगठनले पुस्तक सिफारिस गर्नु शिक्षा ऐन विपरित भएको उनीहरुको ठहर छ ।
विद्यालयको कारणले विद्यार्थी मार्थी प्याब्सनले गरेको विभेद सरासर गलत भएको पथरी शनिश्चरे नगर शिक्षा शाखा अधिकृत नविन खुलाल बुढाथोकीले बताउछन् । कुनै पनि शैक्षिक संगठनले आफ्नो नियम लागु गर्ने र त्यसको असर विद्यार्थीमा दिन नहुने बुढाथोकीको भनाई छ । ‘यदि पुस्तककै कारण त्यस्तो विभेद भएको हो भने त्यो झन गम्भीर विषय हो’ वुढाथोकीले भने ‘स्थानीय सरकार छ सबै संगठनले स्थानीय सरकारको परिधीमा रहेर चल्नु पर्छ । निजी संगठन धेरै छन सबैले आ–आफ्नो नियम लागु गर्न थाले निजी शैक्षिक संस्था माथी अभिभावकको विश्वनीयता घट्दै जान्छ’ ।
अप्रतियोगि ठहर गरेका २ विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा भने सहभागि गराइए पनि प्रतिष्पर्धीका रुपमा नराखिएको प्याब्सन नगर सदस्य सुजन बास्तोलाले जानकारी दिए । प्याब्सनले प्याब्सनमा आबद्ध निजी विद्यालयहरुमा एकै प्रकारको पुस्तक लगाउने निर्णय गरेको छ जुन शिक्षा ऐन विपरित छ । तर प्याब्सनले कमिसनको लोभमा सबै विद्यालयहरुले एकै प्रकारको पुस्तक लगाउने निर्णय गरेको थियो । उक्त निर्णय नमानेको भन्दै पथरी शनिश्चरेका प्याब्सन नगर कमिटि सदस्य रहेका ७ निजी विद्यालयहरुलाई प्याब्सनले आयोजना गरेको कुनै पनि कार्यक्रम प्रतिष्पर्धीका रुपमा सहभागी गराएन । प्याब्सनले निर्णय गरेको पुस्तकमा नलगाउने निजी पिद्यालयहरुमा पेगोडा मोडल विरेन्द्रनगर, वाल्मीकि आ मा. वि., ब्राईट केरियर, मोरङ मेरिगोल्ड, बाल नमुना बोडिङ, डन बस्को स्कुल, केचना प्याराडाईज, ग्रेडग्रेस रहेका छन् ।
उक्त विद्यालयहरुले नेपाल सरकारले सुचिकृत पाठ्यपुस्तक लगाएका छन । शिक्षा नितिमा समेत निजी विद्यालयले सरकारले सुचिकृत पाठ्यपुस्तक छान्न पाउने ब्यावस्था छ । तर प्याब्सनका केहि पदाधीकारीहरुले कमिसनको लोभमा जबरजस्ती कुनै एक पब्लीकेसनको पुस्तक लागु गराउदै आएका छन । २२ विद्यालय सदस्य रहेको नगरको सो प्रतियोगीतामा नगरका १३ विद्यालयले मात्र सहभागिता जनाएका थिए । बाँकी रहेका ७ विद्यालयलाई प्याब्सन नगरले एउटै पुस्तक नलगाएको भन्दै कार्वाही स्वरुप प्रतियाेगीतामा सहभागी नगराएकाे हाे । विद्यालयले नियम तोडेका कारण पहिलो चरणमा कार्वाही अनुरुप उत्त विद्यालयको विद्यार्थीलाई प्रतियोगितामा नराखिएको नगर सचिव सन्तोष बस्नेतले जानकारी दिए । सचिव बस्नेतले भने ‘विद्यालयको गल्तीको सजाय विद्यार्थीलाई दिन नहुने थियो यो हाम्रो गल्ती भयोे तर कमिसनको लोभ र पुस्तकमा नलगाएको भन्ने आरोप झुट भएको हो’ बस्नेतले भने ।