साइनो समाचारदाता/ पथरी, २८ चैत, मोरङ पथरी शनिश्चरे २ मा रहेको हरियाली कम्पनीको बिबाद टुङगिएको छ । अध्यक्ष सहित २ सदस्यले राजिनामा दिए संगै कम्पनी समिति बिहिन भएको थियो । हरियाली कम्पनी र हरियाली सामुदायीक बन उपभोत्ता समुह बिचको बिबादका कारण अध्यक्ष अशोक कुमार राई सहित २ सदस्यले राजिनामा दिएका थिए ।
हरियाली सामुदायीक बनको पहलमा हरियाली पब्लिक कम्पनी खोली बन क्षेत्रमा पर्यटकिय स्थल निर्माण गर्ने भन्दै ८ सय ६१ सेयर सदस्य बनाई १० हजार देखि २ लाख सम्म रकम उठाएको थियो । हरियाली सामुदायीक बन उपभोत्ता समुहको पहलमा बनेको उच्च स्तरीय मेलमिलाप संघर्ष समितिले बिबाद टुङगाउदै समितिलाई पुर्णता दिएको हो ।
नयाँ समितिमा रोहित बास्तोला प्रबन्धक संचालक कृष्ण कुमार राई, प्रलाहाद चौहान सदस्य र मालती श्रेष्ठ, पुष्पा लिम्बु महिला सदस्य चयन हुनु भएको छ । समितिलाई पुर्णता लिन हरियाली सामुदायीक वनले देवि भेट्वालको संयोजकमा मेलमिलाप संघर्ष समितिले बनाएको थियो । समितिको सदस्यमा केशव प्रसाद दाहाल, दिल बहादुर तामाङ, गोबिन्द ओनेम र निर्मला चौहान रहेका थिए ।
आज २०८० चैत २८ बुधबार समिति चयन भए संगै निवर्तमान अध्यक्षा अशोक कुमार राईले तामाङलाई पदस्थापन गरि पदभार हस्त्राणतरण गराउनु भएको छ।