मोरङ प्रहरीको सफलता, २४ घण्टा वित्न नपाउदै अपराधी पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

मोरङ प्रहरीको सफलता, २४ घण्टा वित्न नपाउदै अपराधी पक्राउ

साइनो समाचारदाता/पथरी, २२ फागुन ,
मोरङको पथरीशनिश्चरे – ७ लामाटोलीमा १५ बर्षिय ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राईको हत्या आरोपमा मोरङ ग्रामथान गाउँपालिका धिरेन चौधरीलाई पक्राउ गरी अनुसन्धान भैरहेको मोरङ प्रहरीले जानकारी दिएको हो । किशोरीको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोली गरिने भएको छ।


उनलाई आजै बेलुकी ५ बजे पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनीक गर्ने तयारी गरेको छ । ज्ञानमती पथरी शनिश्चरे ७ मा दाजु भाउजु संग बस्दै आएकी थिइन । सुम्निमा होटल संचालन गर्दै आएका मामाको छोरा दाजु विनोद र भाउजु संग २ बर्ष देखि बसेकी हुन । खोटाङको एँसेलुखर्क घर भएकी १५ बर्षकी राई स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् ।

राई शौचालय गएको मौका छोपी चोधरीले हत्या गरेको अनुसन्धानमा खुलेको छ । चौधरीलाई सोही रातको २ बजे आसपासमा जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की सहितको टोलीले बेलबारी स्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको हो । घटना स्थलबाट प्रहरीले खुकुरीको दाव, जुत्ता लगायतका सामाग्री बरामत गरेको छ ।


राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धन सहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जनाए । राईको घटना स्थलमै मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको अनुसन्धान अधिकृत बताउँछन् । घटनाको विषयमा सबै कोणबाट अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले जानकारी दिए ।


‘हामीले गहन रूपमा अनुसन्धान सुरु गरेका छौँ । सबै कोणबाट अनुसन्धान थालिएको छ । थप विषय हामी जानकारी दिनेछौँ । अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पत्रकार सम्मेलनमा थप विषयमा जानकारी दिनेछौँ ।’ पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी अनुसन्धान भएको अनुसन्धान अधिकृत बताउँछन् । ‘एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । हत्यामा प्रयोग भएको धारिलो हतियार खोजी कार्यमा लागि परेका छौँ,’ घटनाको अनुसन्धान गर्दै आएका ती अधिकृतले भने ।

सम्बन्धित खवर