साइनो समाचारदाता/ पथरी १ फागुन, सिंहदेवी सिधुवा फुटवल क्लब धनकुटा मोरङको बेलबारीमा जारी दोश्रो डाँगीहाट प्रदेश स्तरिय फुटवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । दोश्रो हाफको १० औं मिनेटमा सन्दिप लिम्बुले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
सिंहदेवी सिधुवाले एपिएफ पकलीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । सिंहदेवी सिधुवाका सन्दिप लिम्बुले बान भर्सेस बानमा जाली चुमाएका थिए । खेल अबधीभर दुबै टिमले पाएका अबसरलाई गोल गर्न चुक्दा खेल १-० मा सकिएको हो । आजको खेलमा ए पि एफ का लागि सिंहदेवी सिधुवाका गोल किपर प्रनिन्जय गच्छ्यदार बादक बने ।
खेलको म्यान अफ दि म्याच सिंहदेवी सिधुवा धनकुटाका क्याप्टेन विशाल भण्डारी घोषित हुदै नगद पच्चिस सय प्राप्त गरे । बुधबारको अन्तिम सेमिफाइनल धरान फुटलब क्लब र आयोजक बिच हुने छ ।
फागुन ५ गते सम्म सन्चालन हुने प्रतियोगिता डाँगिहाट स्थित काली माबीको खेल मैदानमा संन्चालन हुदैछ । प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्दा उपबिजेता टिमले ७५ हजार ५ सय रुपयाँ र ट्रफी प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याच र बिधागत रुपमा सर्बकृष्ट कोच, सर्बकृष्ट मिल्डफिल्डर, सर्बकृष्ट किपर , सर्बकृष्ट डिफेन्स, सर्बकृष्ट फरवड सर्बाधिक गोलकर्ता र उदयमान खेलाडी लाई पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपयाँ लाग्ने आयोजकले जनाएको छ ।