साइनो समाचारदाता/ पथरी, माेरङ पथरीशनिश्चरेमा रहेकाे पञ्चायत माध्यमिक विद्यालयले आफ्नो ४५ ओैँ वार्षिकोत्सब मनाएकाे छ । शुक्रबार भव्य कार्यक्रमका बिच शिक्षक कर्मचारीलाई सम्मान, बिपन्न विद्यार्थीहरुलाई पोसाक र न्यानो कपडा वितरण गर्दै सांस्कृतिक कार्यक्रमको साथ वार्षिकोत्सब मनाएको हाे ।
कार्यक्रमको विशेश आकर्षण विद्यालयका शिक्षिकाहरुको स्वागत नृत्यबाट सुरु गरिएको थियो । १५ भन्दा बढी विद्यार्थी समूहको आ-आफ्नो प्रतिभा नृत्य, गायन तथा साहित्यिक समाग्री प्रस्तुत गरेका थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा भएको कार्यक्रम प्रधानाध्यापक अर्जुन बुढाथोकीले सञ्चालन गर्नुभएकाे हाे । कार्यक्रमका अतिथी तथा अभिभावकलाई शिक्षिका तथा साहायक प्रधानाध्यापक विना राईले स्वागत मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयमा लामो समयदेखि शिक्षण गर्दै आएका जानुका भट्टराई, सिर्जना राई, गणेश विष्ट, शम्भुराज थापा र कर्मचारी हेमकुमार गुरुङलाई सम्मान पत्रले सम्मान गरियाे । साे अवसरमा अक्षयकोषदाताहरुलाई समेत सम्मान गरियाे । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापो, अक्षयकोष दाताको तर्फबाट कृष्णकुमारी विक, सम्मानित शिक्षकहरुको तर्फबाट गणेश विष्ट लगायतले मन्तव्य राखेका थिए ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बिपन्न विद्यार्थीहरुलाई पोसाक तथा न्यायो कपडा वितरण गरिएकाे छ । साे अवसरमा प्रमुख अतिथिको हातबाट विद्यालयको वेवसाइट पाञ्चायतमावि डटकमको सार्वजनिक भएको छ । विद्यालयमा हाल ३ हजार १९७ विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख सालिग्राम काफ्ले, वडा अध्यक्षहरू लगायत विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रअहरू लगायतको उपस्थिति रहेको थियो ।
सामुदायीक विद्यालय तर्फ देशकै उत्कृष्ट नतिजा हासिल गर्दै आएको पञ्चायत मावि प्रदेश सरकारले नमुना घोषणा गरेको विद्यालय हो । हाल उत्त विद्यालयमा कक्षा १२ सम्म पढाई हुदै आएको छ । पञ्चायत नेपालका प्रमुख ठुला शहर बाहिर आठ संकायमा अध्यायन हुदै आएको विद्यालय हो । विद्यालयले विज्ञान, सिभिल इन्जिनियर, पत्रकारीता, कानुन, फाईन आर्ट, व्यवस्थापन, शिक्षा र मानविकी संकायमा अध्यायन गर्दै आएको छ ।