दिपेश रोक्का
लागु औषध प्रयोग र न्युनिकरणको लागी सचेतना दिने उदेश्यले मोरङको कानेपोखरीमा एक दिवसिय लागू औषध विरुद्धको प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आदर्श समाज कानेपोखरीको आयोजनामा शुक्रबार वडा नं ६ स्थित जनसेवा माध्यमिक बिधालयका बिद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा विद्यार्र्थीहरुलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छन् ?सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरू देखा पर्दछन ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ भन्ने बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा बोल्दै आदर्श समाजका अध्यक्ष प्रकाश कोइरालाले पछिल्लो समय धेरै युवायुवती लागुपदार्थ दुव्र्यसनमा फसेको र उनिहरुलाई यस्बाट हुने वेफाईदाको बारेमा जानकारी दिँदै यस्ता कुलतबाट छुटकरा दिनको लागी प्रशिक्षणको आयोजना गरेको बताउनुभयो । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ साथै ईलाका प्रहरी कार्यालय रमाइलो को सहयोगमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरएिको हो । पछिल्लो समय आदर्श समाज कानेपोखरी ले विभिन्न जनचेतनमुलक कार्यक्रम गर्दै आएको छ ।