विमानस्थल भित्र ब्यागेज तोडफोड, चोरीका घटनाबारे यात्रुका गुनासा बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले कडाइ सुरु गरेको छ ।
सो क्रममा ब्यागेज व्यवस्थापनमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई अब खल्तीरहित पोशाक दिइने भएको छ । यसको प्रबन्ध नेपाल एयरलाइन्सले मिलाउने निर्णय भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।