मोरङको बेलबारी १० स्थित प्रस्तावित डाँगीहाट रंगशालामा डाँगीहाट फुटबल क्लब को आयोजनामा १९७४ एडी को लाईभ कन्सर्ट आयोजन गरिने भएको छ ।
यहि चैत १८ गते शनिबार बेलुका मोरङ जिल्लामै पहिलोपटक सो ब्याण्डको कार्यक्रम आयोजना हुन लागेको आयोजकले बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । क्लबका अध्यक्ष छत्र लिम्बुका अनुसार खेलकुद सँगै बेलबारी नगरपालिकाको पर्यापर्यटनको बिकास र प्रचारप्रसार गर्ने ध्येयका साथ सोक ार्यक्रम आयोजना गर्नलागिएको हो ।
अनुमानित ३१ लाख ६६ हजार खर्च हुने कार्यक्रममा बेलबारीका स्थानीय जनप्रतिनिधिहरु,बेलबारीलाई प्रतिनिधित्व गर्दै बिभिन्न स्थानमा आफुलाई स्थापित गराउन सफल ब्यत्तित्वहरुलाई सम्मानका साथ ब्याण्डको प्रस्तुति रहने क्लबका सदस्य बिशाल ढकालले बताए ।