जखेरातालमा चहलपहल बढ्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

जखेरातालमा चहलपहल बढ्दै

साइनो समाचारदाता
दाङ । लामो समयदेखि सुनसान लमही नगरपालिका –३ स्थित पर्यटकीय क्षेत्र जखेरातालमा चहलपहल बढेको छ । बन्दाबन्दी र निषेधाज्ञापछि बडादशैंँमा घरमा आएका आन्तरिक पर्यटक बढेका छन् ।  सो ताल दाङ, लमही बजारबाट ६ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करीब दुई किलोमिटर पर पर्छ ।

पूर्वपश्चिम राजमार्गबाट नजीकै रहेको तालको अवलोकन र घुमघाम गर्नेको संख्या अहिले बढेको जखेरा ताल संरक्षण समितिका कर्मचारी ॐभगत चौधरीले जानकारी दिनुभयो । “प्रायःवर्षैभरि चहलपहल रहने यो ठाउँ कोभिड –१९ सङ्क्रमणको जोखिमका कारण सुनसान थियो, अब विस्तारै चहलपहल हुँदै छ, वनभोजको कार्यक्रम त भएको छैन, घुम्न र डुङ्गा चढ्न आउनेहरुलाई सेवा दिएका छौँ ”, चौधरीले भन्नुभयो । एक पर्यटकले पूरै तालमा डुङ्गामा जलविहार गरेको रु ५० तथा मन्दिर दर्शनको रु २० शुल्क निर्धारण गरिएको छ ।

पद्मोदय मावि भरतपुर, दाङका कक्षा १२ का विद्यार्थी प्रमिला सुवेदीले पहिलो पटक जखेरा घुम्न आएको र यति ठूलो ताल होला भनेर नसोचेको बताउनुभयो । “डुङ्गामा चढेर जलविहार गर्दा झनै मज्जा आयो । साथीहरुले कुरा गरेको सुनेको थिएँ, तर सोचेभन्दा राम्रो लाग्यो”, सुवेदीले भन्नुभयो । समितिका उपाध्यक्ष रामसिंह केसीले तालभित्र रहेको शिव मन्दिर परिसरमा कालोपत्रे तथा डुङ्गा चढ्ने ठाउँमा पक्की सिँढी र रेलिङ लगाउने काम सकिएको जानकारी दिनुभयो । आव २०७५/०७६ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले रु १५ लाख र डिभिजन वन कार्यालय लमहीले रु नौ लाख उपलब्ध गराएको बताइएको छ ।

त्यस्तै यस वर्ष लुम्बिनी प्रदेश सरकारले ताल मर्मतसम्भार गर्न रु २५ लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । सात महिना बन्द रहेको तालमा विस्तारै आन्तरिक पर्यटकको आगमनले चहलपहल बढेको छ । साढे सात बिघा क्षेत्रफलमा फैलिएको सो ताल स्थानीयवासीले समिति बनाएर संरक्षण गर्न थालेपछि रमाइलोका लागि सबैको रोजाइको क्षेत्र बनेको छ । छ फिट गहिरो तालका वरपर हरियो वनजङ्गल छ । तालको उत्तरतर्फ गणेश र पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छन् । तालको मुख्य आकर्षण वनभोज, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन हो । यहाँ आउने पर्यटक डुङ्गा चढेर मन्दिरको दर्शन गर्न जान्छन् ।

लमही–३ का वडाध्यक्ष बाबुराम चौधरीले ताल र ताल क्षेत्रको विकासका लागि वडा कार्यालयले गुरुयोजना तयार गरिसकेको जानकारी दिँदै सोका लागि रु ४० लाख बजेट छुट्याइसकेको बताउनुभयो । उहाँका अनुसार पानी निकासका लागि छिट्टै पक्की नाला बनाइने छ ।

 

रासस

सम्बन्धित खवर