गोपाल काफ्ले
पथरी/मोरङको पथरीशनिश्चरेमा रहेको सिन भिलेज पार्टी प्यालेसले रेस्टुरेण्ट एण्ड बार पनि संचालनमा ल्याएको छ । पर्यटकहरुको आगमनलाई मध्य नजर गरेर प्यालेसले सोमबारबाट सुबिधा सम्पन्न आवास र खानपिन सहितको रेस्टुरेण्ट एण्ड बार संचालनमा ल्याएको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
प्यालेसमा प्रत्येक शुक्रबार शुखद शुक्रबार साङगेतीक साझ हुने छ भने साङ्गेतीक साझमा स्थानीय तथा ख्याती प्राप्त कलाकार द्धारा गजत, लोक दोहोरी र कन्सर्ट हुने छ । रेस्टुरेण्ट एण्ड बारमा स्वस्छ तथा पारिवारीकमय वातावरणमा कार्यक्रम हुने भएकाले बाल बगैँचा र स्विमिङ पुलको समेत आन्नद लिन पाईने छ ।
पथरीशनिश्चरे आसपासमै बढि लागत बनेको पाटि प्यालेसको कुल लगानी १४ करोड रहेको छ । ५०÷६० जना कर्मचारीले रोजगार पाउने प्यालेसमा बिदिशी खानको समेत ब्यवस्था रहेको छ । भदै १२ देखि संचालनमा आएको पाटी प्यालेसमा सोमबार देखी बिभिन्न अफर सहित ५ दिन सम्म रेस्टुरेण्ट एण्ड बारको उद्घाटन कार्यक्रम रहने संचालक नरेस घतानिले बताए ।