मंसिर १ गते
साइनो समचारदाता
इलाम । माङसेबुङ विकास समिति, माङ्सेबुङ गाउँपालिका इलामले आफ्नो दोस्रो बार्षिक उत्सब तथा साधारण सभाको अवसरमा ९ जनालाई सम्मान गरेको छ ।
समितिले केहेर सिं योङहाङ, डिल्लिराम चाम्लिङ, केशव धोेराली, सन्जिव पोेडेल, डिकेन्द्र इधिङगो, सुनिता फोम्बो, राजेन्द्र माखिम, एमबी माखिम र बिजेन्द्रसिं साहलाई सम्मान गरेको हो । माङ्सेबुङ विकासमा सदासर्वदा सहयोग पुर्याएको भन्दै सम्मान गरेको हो ।