साइनो समाचारदाता
काठमाडौं । भारतीय अभिनेता क्यान्सरबाट पीडित ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बुधबार अस्पताल भर्ना कपुरको क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।
दिग्गज अभिनेता राज कपुरको छोरा ऋषि कपुरले सन् १९७३ मा बबी फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए । बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो ।