कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले लोहान्द्रा खोलाको नियन्त्रणका लागी आवश्यक पहल कार्य गर्ने वताएका छन् ।
शनिबार साँझ बेलबारी २ मा रहेको लोहान्द्रा खोला कटानले बजारलाई प्रभावित पारेकाले खोलाको निकाश निकाल्न मन्त्रीले पहल गर्ने बताएका छन । शनिवार सो क्षेत्रको अबलोकन गर्दै मन्त्रीले ढकालले वाढि पिडत तथा स्थानियहरुलाई खोला नियन्त्रण गने भन्दैको यो सरकारले यस खोलाको पातो फर्काउने आश्वासन समेत दिएका छन । तटबन्धन गर्ने र खोलाले धार परिवर्तन गर्न नसक्ने गरी बाध बाध्ने उनले आश्वासन दिएका छन ।
यसैगरी उनले शनिबार नै बेलबारी २ मा निर्माणाधिन पर्यटकिय क्षेत्र रमिते भ्यूटावरको समेत अबलोकन गरेका छन । बेलबारी ५ कसेनिमा रहेको पर्यटकीयस्थल धनपालगढी पर्यटकीय गन्तव्यको नयाँ सुचिमा पारेको भन्दै ढकाललाई मतदाताले समेत बधाई दिएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्य मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा धार्मिक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरे सगै धनपाल राजाको दरबार समेत रहेको गढी गन्तब्यमा परेको हो ।
३५ बिघामा रहेको गढी पर्यटकिय सम्भावना बोकेके क्षेत्र अतिक्रमणको चपेटामा रहेको छ । अहिले ६ बिघा भन्दा वढि जग्गा स्थानियको अतिक्रमणमा परी सकेको छ । सातवटा पोखरी रहेको उक्त क्षेत्रमा अहिले तीनवटा मात्र पोखरी रहेका छन । अन्य चारवटा पोखरी भने जीर्ण अवस्थामा छन् । वैशाखमा यहाँ ठुलो मेला लाग्ने गरेपनि संरक्षणको अभावमा यहाँका भौतिक संरचना बिग्रंदै जान थालेको छ । विवाह गरेका नयाँ दुलहा दुलहीले मेलाको बेला पोखरीको बीचमा गएर पूजाआजा गर्नुपर्ने स्थानीयको मान्यता छ । धनपाल राजाको दरबार केही वर्ष अघि सम्म रहेपनि अहिले भग्नावशेष पनि छैन । सम्पदाहरु लोप हुदै गए पछि अध्ययान अनुसन्धान गर्नेहरुले यो क्षेत्रलाई रोज्ने गरेका छन । धनपालको संरक्षणका लागी वेलवारी नगरपालिका तथा अन्य केहि सरकारी कार्यालयबाट केहि बजेट छुट्याईने गरीएको छ ।