साइनो समाचारदाता
बुटवल । प्रदेश ५ सरकारले सिमाक्षेत्रमा समस्यामा परेकाहरुको उद्धारदेखि किसानलाई सहयोग गर्नेसम्मका निणर्यहरु सार्वजनिक गरेको छ । सोमबार बुटबलमा बसेको मन्त्रिपरिषद्को बैठकल सो निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकपछि जारी विज्ञप्तिमा जारी गरेको छ ।
मन्त्रिपरिषद्को यस्तो छ ५ निर्णय
१। सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने ।
२।निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनका लागि पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने ।
३। खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायतका सामाग्री उपलव्ध गराउने । लकडाउनका बेला अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुका जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने । गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतलाई उक्त जिम्मेवारी दिने ।
४। एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने ।
५। प्रदेश ५ मा तीनवटा प्रयोगशाला स्थापना गर्ने । ती प्रयोगशाला भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा स्थापना गर्ने । तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने ।