आईसोलेसनमै ज्यान गुमाएका बाबुरामको यस्तो थियो श्रीमतीसँगको अन्तिम संवाद - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

आईसोलेसनमै ज्यान गुमाएका बाबुरामको यस्तो थियो श्रीमतीसँगको अन्तिम संवाद

विकाश पराजुली

बुटवल, १६ चैत

वैदेशिक रोजगारीको सिलसिलमा दुबई पुगेका ३७ वर्षीय बावुराम थापा चैत ६ गते सैनामैना नगरपालिका-४ सिसौडाँडास्थित डेरामा आए । उनी काठमाडौंबाट सार्वजनिक यातायातमा चैत ६ गते घर आएका थिए ।

घरमा आउँदा उनलाई सामान्य ज्वरो थियो । ज्वरो आएपछि उनले मुर्गियाको एक फार्मेसीमा चेकअप गराए । रगत पनि जाँच गरे । रगत जाँच गर्दा उनलाई टाईफाईड देखियो । त्यसपछि घरमै बसेर टाईफाईडको औषधि खाए ।

तर, छिमेकीले पुनः स्वास्थ्य चेकजाँच गर्न सुझाव दिए । उनी स्वास्थ्य चौकीमा पुगे । स्वास्थ्य चौकीले होम क्वारेन्टाईनमा बस्न भन्यो । उनी घरमा आएर एक्लै बस्न थाले । औषधि खाइरहेका थिए । तर, पनि शरीर हल्का भएन । फेरि छिमेकीले सुझाए- ‘एकपटक कोरोनाका लागि परीक्षण गर।’

सरकार ! घर जान दिने कि सडकमै मरौँ ?

त्यसपछि उनी विद्युतीय रिक्साको प्रयोग गर्दै बुटवलको धागो कारखानामा रहेको अस्थायी आईसोलेसन अस्पतालमा भर्ना भए ।

त्यहाँ पनि उपचार चलिरहेको थियो । उनले श्रीमती रीता थापा क्षेत्रीसँग फोन सम्पर्क गरिरहेका थिए । उनले श्रीमतीलाई ‘औषधि चलेको छ तर खाना पिरो दिएका छन्’ भन्दै फोनमा भनेका थिए । हिजो मात्रै बावुरामले श्रीमतीलाई फोन गरेर ‘श्वास लिन गाह्रो भएको छ’ भनेर बताएका थिए ।

१८ घण्टासम्म अस्पतालमा भोकै रुँदै बस्यौँ

राति पनि एकपटक बावुरामसँग श्रीमती रीताको फोन भएको थियो । तर, बिहान एक्कासी बावुरामले “अह, अह, अह, अह” को संवाद श्रीमतीसँग बोले । त्यसपछि एम्बुलेन्स रिजर्भ गरेर अस्थायी आईसोलेसन पुगेकी रीताले श्रीमानको “अह, अह, अह” शव्द नै अन्तिम सुन्नुपर्‍यो । अस्पतालले दिउँसो उनको मृत्यु भएको पुष्टि गर्‍यो ।

उनी दुबईबाट ४ गते आएको आशंका गरिएको छ । अस्पतालले उनको स्वाब जाँचका लागि काठमाडौं पठाएको र रिपोर्ट आउन २ दिन लाग्ने बताएको छ । उनको मृत्यु कोरोना हो या अरू केही केही भन्न नसकिने र सबै रिपोर्ट आएपछि मात्र थाहा हुने बुटवल आईसोलेसन अस्पतालका डा. सुर्दशन थापाले बताए ।

छैनन् मर्दाका मलामी, छन् लास तर सुनसान छ आर्यघाट

बावुरामका श्रीमती रीता, ८ वर्षका र ६ वर्षका २ छोरा छन् ।
पाल्पा रिब्दिकोट गाउँपालिका-५ मा स्थायी घर भएका बावुराम सैनामैनामा कोठा भाडामा लिएर बसेका थिए । उनी कृष्णप्रसाद ज्ञवालीको घरमा १ वर्षदेखि बस्दै आएको घरभेटी ज्ञवालीले बताए ।

(घरभेटी ज्ञवालीसँगको कुराकानीमा आधारित)

-शिलापत्र

सम्बन्धित खवर