साइनो समाचारदाता
विराटनगर । प्रदेश सभा प्रदेश १ ले प्रदेश बातावरण संरक्षण ऐन २०७६ विहीबार पारित गरेको छ । जारी हिउँदे अधिबेशनमा उद्योग पयर्टन, बन तथा वातावरण मन्त्री गजदीश प्रसाद कुसियातले उक्त विद्येयक पारित गरियोस् भनेर प्रस्ताप पेश गरेका थिए । प्रदेश वातावरण संरक्षण गर्न तयार पारिएको विद्येयक प्रदेश सभाबाट सर्वसम्मत्ले पारित गरेको हो ।
सभामा सुन्य समयमा बोल्दै सांसद राजकुमार ओझाले कुलो पैनीमा अनुदान दिएर कृषकहरुलाई राज्यको मूल धारमा ल्याएर अगाडि बढाउनुपर्नेमा जोड दिए । भूमि सम्बन्धी ऐन ल्याएर सुकुम्बासीहरुको समस्या हल गर्नुपर्ने गर्नुपर्ने पनि उनले जोड दिए । सासद सुर्यमाराज राईले चुरे संरक्षण र नदी जन्य पदार्थको अबैध उत्खननको विषयमा पटकपटक उठाएको भन्दै सो समस्या हल गर्न सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । उनले अबैध ढंगले क्रसर सञ्चालन रोक्न सरकारसँग माग गरेका छन् । सासद हिमाल कार्कीले ससुराली पाएको दाइजो पाएर सरह झापा, मोरंग, सुनसरी, उदयपुरलगायत क्षेत्रमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थ उख्खनन गरिरहेकोले सरकारको ध्यानाकर्षण गरेका छन् ।
सभामा प्रदेश नम्बर १ को बालबाबालिकाको अधिकार संरक्षण सम्बन्धी विधेयकको शैद्धान्तिक छलफलमा १० जना सांसदहरुले उठाएको प्रश्नमाथि सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले जवाफ दिएकी थिइन् ।