जनयुद्ध दिवसमा सिमसार सरसफाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

जनयुद्ध दिवसमा सिमसार सरसफाई

साइनो समचारदाता पथरी/ जनयुद्ध दिवसको अवसरमा मोरङको उर्लाबारीमा बृहत सरफाई कार्यक्रम गरिएको छ । भ्रमण बर्ष २०२० प्रचार प्रसारमा सहयोग गर्ने उदेश्यका साथ बेतना सिमसमर क्षेत्रमा सरसफाई अभियान भएको हो । नेपाल कम्यूनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले उर्लाबारी–२ स्थित बेनिति सिमसार क्षेत्रमा सरसफाई कार्यक्रम गरेको हो । उर्लाबारीको पर्यटकीय क्षेत्रको रुपमा स्थापित वेतिनी सिमसारलाई सफा र सुन्दर बनाउने अभियानलाई सार्थकता बनाउन सरसफाई कार्यक्रम गरिएको उर्लाबारी नगर संयोजक राजिब लिम्बूले जानकारी दिए । १ सय भन्दा बढी युवाहरुको सहभागितामा भएको सरसफाई कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, प्रहरी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।


जनयुद्ध दिवसको अवसरमा सरसफाई अभियानको सुरुवात भएको र त्यसलाई निरन्तरता दिने योजना बनाएको सह–संयोजक योगेश बस्नेतले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटी रचनात्मक कार्य गर्दै अघि बढ्ने उनको भनाई छ । सरसफाई अभियानलाई सार्थकता बनाउन सबै नागरिक जिम्मेवार बन्न जिल्ला सदस्य एबं उर्लाबारी वडा नं. ३ का जनप्रतिनिधि भीष्म बुढाथोकीले आग्रह गरे ।

सम्बन्धित खवर