साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा ठूलो लगानीमा व्यवसाय सञ्चालन हुने क्रम जारी छ ।पछिल्लोपटक २ करोड ५० लाखको लगानीमा स्थानीय अशोक साम्पाङले होटल साल्पा सञ्चालनमा ल्याउन लागेका हुन् । सुबिधा सम्पन्न होटल माघ १६ बाट सञ्चालनमा आउदैछ ।
होटलमा खान र होटलमा एसि सहितका कोठा, सेमिनार हल, साँगीतिक कार्यक्रमको स्टेज समेतको व्यवस्था छ । होटलले पथरीमै पहिलो पटक जोखेर मासु किन्न र पोलेर खाने पनि ब्यबस्था छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि होटल सञ्चालनमा ल्याउन लागिएको होटलमा स्वदेशी तथा बिदेशी परिकार ग्राहकले प्राप्त गर्ने छ्न । किरातीहरुको मौलिक खाना वाचिपा समेत उपलब्ध गराउने सञ्चालक राईले बताएका छन् । राई पथरी बाणिज्य संघका महासचिब समेत हुन् ।