पथरी शनिश्चरे ७ मा फेरि अर्को हत्या, वृद्धको हत्यागरी फरार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, असोज ०५, २०८१

पथरी शनिश्चरे ७ मा फेरि अर्को हत्या, वृद्धको हत्यागरी फरार

गोपाल काफ्ले/ पथरी, ५ असोज
मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङ (सुमिको बाबा) को हत्या भएको छ । करिव ६० बर्षका तामाङ लामो समय सम्म हुलाक सेवाबाट सेवा निर्वृत भई आफ्नै घरमा एक्लै संग बस्दै आएका थिए । तामाङलाई २०८१ असोज ५ गते बिहान घरको प्यासेजमा रगत्दाम्य अवस्थामा भेदिएको थियो । एउटा घटना सेलाउन नपाउदै फेरि अर्को घटना घटनुले स्थानियमा त्रास छाएको छ ।

गत फागुन २१ गते रातको १० बजे सोहि स्थानको १०० मिटर मास्तिर एक बालिकाको खुकुरी प्रहार गरि हत्या भएको थियो । उत्त घटना सेलाउन नपाउदै शरिरका विभिन्न स्थानमा चोट लगेर ढलेको अवस्थामा  अर्को घटना घटेको छ । स्थानिय दिनेश लिम्बुले बिहान ७ बजे  देखे पछि छरछिमेकी र प्रहरीलाई खवर गरेका थिए । घटनाको अवस्था हेर्दा आजै विहानी पखको जस्तो देखिन्छ । घटना स्तलमा एउटा हतियार (बाम्फक) रहेको छ । लिम्बुले ज्वाई रविन संग आज माछा मार्न जाने सल्लाहाभए अनुसारै बोलाउन आउदा तामाङको हत्या भएको थाहा पाएक थिए ।

तामाङको श्रीमती छोरा र छोरी विदेशमा रहेकाले छन । तामाङले १ बर्ष अगाडि सानो मिनी घर बनाई सोहि घरमा एक्लै बस्दै आएको स्थानिय बताउछन । तामाङको दुई तिर घर भएकाले पुरानो घरमा ज्वाई रविन राई र नयाँ घरमा ससुरा बस्ने गरेको स्थानियले बताएका छन । छोरि विदेश रहेको कारण ज्वाई ससुरा स‌गै खाने र एक एक ओटा घरमा बस्ने गरेको स्थानियको भनई छ ।


तर घटना पछि ज्वाई रविन राई भने संपर्क बिहीन रहेका छन । साईला नामबाट चिनिने ज्वाइँ रविन राई पथरी शनिश्चरे ९ मा रहेको प्लाई फ्याक्ट्रिमा सेक्युरेटि गर्दै आएको छन । उनि सुत्ने घर र काम गर्ने स्थानमा समेत उनि छैन्न । उनि मोवाईल समेत नचलाउने भएकाले संपर्क हुन नसकेको स्थानियले बताएका छन । तामाङ ज्वाईकै रेख देखमा रहेका थिए ।

फागुन २१ गते रातको १० बजे  खोटाङ घर भएकी १५ बर्षीय ज्ञानकुमारी राई (संजना) को हत्या गरेका अभियोगमा मोरङ ग्रामथान गाउँपालिका धिरेन चौधरी काराघार चलान भए पछि केहि शान्ति महसुस भएको थियो । यस घटनाले फेरि पथरी शनिश्चरेमा त्रास छाएको छ । राति ट्वाईलेट जाने क्रममा चौधरीले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले बतएक थियो । उत्त घटना मोरङ प्रहरी घटन घटेको  २४ घण्टा नवित्दै अपराधी पक्रन सफल भएको थियो । घटना घटे लगतै जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की सहितको टोलीले चौधरीलाई सोही रातको २ बजे आसपासमा बेलबारी स्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको हो ।

घटनाको सुचना प्राप्त गरे लगतै घटना स्थल पुगेको प्रहरीले अनुसन्धान भै रहेको बताएको छ । घटना के कसरी घटेको भन्ने पुष्ठी भै नसकेको र अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यलय पथरीले बताएको छ । संगै रहेका ज्वाई संपर्कमा नभएकाले खोजी भै रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित खवर