५ ‍औं मिस्टर काठमाडौं प्रकास राईको निधन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

५ ‍औं मिस्टर काठमाडौं प्रकास राईको निधन

#Breaking Bodybuilder प्रकाश राईको निधन

साइनो समाचारदाता/पथरी, २ असोज
पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ । ५ दिन अघि मिस्टर काठमाडौको उपाधि जितेका बडि बिल्डर प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी अस्पताल पुर्याइएको थियो ।

शनिबार काठमाडौंको दशरथ रंगशाला स्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई ७५ केजी माथिको तौल समूहमा प्रथम हुदै ओभरल विजेता भएका थिए। उनको बुधबार बिहान निधन भएको प्रहरीले जनाएको छ । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ स्थित घर भएका उनी ‘फोनिक्स फिटशाला’ बाट सहभागी हुन काठमाडौं आएका थिए । उपाधी चुमेको खुसी परिवार संग साट्न समेत नपाई उनको मृत्यूको खवरले परिवार र नगर शोकमा डुबेको छ ।

त्यसका लागि उनी टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए । बुधबार बिहान ६ बजेतिर उनी एक्कासि लडे पछि उनलाई तत्कालै नजिकैको ग्रान्डी अस्पताल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा पौने ७ बजे उनीलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त महाराजगन्जले घटनाबारे थप प्रक्रिया अघि बढाएको छ ।

राई एक दशक रोजगारीको सिलसिलामा मकाउमा बसेका थिए । मकाउमा रहदा २०११ मा “मिस्टर मकाउ २०११” प्रतिस्पार्दा गरेका थिए । राईको शारीरिक सुगठन प्रतियोगितामा मिस्टर धरानको उपाधी पहिलो हो । छ बर्ष अघि पोखरामा सम्पन्न “मिस्टर बुल्स बडि बिल्डिङ च्यामेपियनसिप २०१८”  मा फस्ट रनर अप र धर्मश्री बडि बिल्डिङ च्यामेपियनसिपमा सेकेन्ड रनरको उपाधी पाईसकेका छन ।

बडि बिल्डिङ राईलाई पथरी शनिश्चरे नगरले नगरको गहनाका रुपमा सम्मान गरेको थियो । राई पथरी शनिश्चरेमा आमा बुबा एक छोरा र श्रिमतिका साथ बस्दै आएका थिए । राईका एक दाजु एक भाइ छन । ५ बर्ष यता पथरी शनिश्चरेमै रहेर बिभिन्न प्रतियोगितामा सहभागी हुदै आएका राईले पथरीमा अन्तराष्ट्रिय स्तरको फिटनेस सेन्टर खोल्ने तयारीमा रहेका थिए ।

सम्बन्धित खवर