अटेरी अटो सफारी, नगरको नियम र जनप्रतिनिधीलाई रत्ति पनि मान्नदैन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, असोज ०३, २०८१

अटेरी अटो सफारी, नगरको नियम र जनप्रतिनिधीलाई रत्ति पनि मान्नदैन्न

पथरी, २७ भाद्र/ पथरी वजारको मुख्य बजारबाट दक्षीण लाग्ने हो भने देखीन्छन् अव्यावस्थीत रुपमा ‘पार्किङ्ग’ गरिएका अटोहरु ।  यि अटोहरुले यस नगरका जनप्रतिनिधी र यहाको कानुलाई रत्तिभर पनि पल्याउदैन्न । यी अटोको अटेरीपनले गर्दा पथरी बजार अस्तव्यास्त मात्र हैन कुरुप नै बनेको छ । अटोको अटेरिले यहाँ आउने यात्रुले सास्ती समेत खेप्नु परेको छैन दुर्घटनाको सिकार पनी बन्नु परेको छ ।


पुर्व पश्चिम महेन्देर राजमार्ग आस पास अटो र सफारीले स्टेन बनाउनाले यात्रा गर्ने यात्रु र बाटो काट्ने बटुवाहरुलाई समस्या हुने गरेको छ ।  यता ठुलो मुल्य तिरेर सटहर भाडामा लिए पनि पसलै बल्क गरेर बसेका हुन्छन । पथरीको मुख्य बजार लाग्ने दक्षिण तर्फ लाग्दा असरल्ल रहने अटोको व्यावस्थापन नगरपालिकाले नगर्दा समस्या आएको अटोका चालकहरु बताउछन् । ‘अटोको लागी पार्किङ स्थल नगरले बनाइदिए उत्तर दक्षिण सडकमा यसरी अटो र सफारी राख्नु पर्दैन थियो’ एक अटोका चालकले भने ‘यात्रु चडाउन पनि मुख्य बजारमै आश्रीत हुनु परेको हो’ ।

सडकमा अटोको पार्किङ व्यवस्थीत नहुदा स्थानिय व्यापारीले समेत सास्ती व्योहोर्नु परेको छ । पसल अगाडी नै विहान देखी वेलुका सम्म अटो र सफारी पार्किङ्ग गर्नेले व्यापारमा अवरोध भएको पथरीवजारमा फलफुलको पसल संन्चालन गर्दै आएका व्यापारीले वताए । यात्रु चठाउन अटो र सफारीका चालकले गर्ने लुछाचुडीले यात्रुलाई त सास्ती छदै छ त्यस माथी पसल सन्चालन गरेर वस्ने व्यापारीलाई समेत समस्या भएको छ ।

नगरले जताभावी पार्कीङ्गका लागी रोक लगाएपनि अटो सफारीले अटेर गर्ने गरेका कारण समस्या आएको हो । वस स्टेसन समेत परिर्वतन गरेको अवस्थामा पनि पुरानो पश्चिम वस स्टेशन दक्षिणको सडकमा अटो र सफारी पार्किङ्ग गर्ने गरेका छन् । नगरपालिकाले हटाउन नै सक्दैन स्थानियवासी भन्छन् । जनप्रतिनिधीकै अटो र सफारी चालकलाई संरक्षण रहेका कारण यो समस्या आएको हो । पथरीशनिश्चरे १ नम्वर वडाका वडा सदस्य पुर्ण कार्की नै पथरीको भुल्के मोरङ्ग यातायात प्रालीका अध्यक्ष हुन् । उनकै कारण पनि अटो तथा सफारी चालकहरु अटेरी बनेको केहि यातायातकर्मी वताउछन् ।

यातायातकर्मीका अनुसार विना सवारी चालक प्रमाण पत्र वेगर पनि वेपवाह सडकमा अटो सफारी कुदाउने चालकले नै सडकमा जताभावी पार्किङ्ग गर्नाले समस्या थपेका छन् । यसवारेमा ट्राफिक प्रहरी पनि वेखवर जस्तै छ । ट्राफिक प्रहरी पथरी अटो तथा सफारीलाई व्यावस्थीत वनाउन प्रयास गरिरहेको वताउछ तर व्यावहारमा त्यस्तो नदेखीएको व्यावसायीहरु बताउछन् ।

ट्राफिक प्रहरीले पनि यातायातका सन्चालक संग ‘खर्च’ उठाउने र सवारी चालकले लापरवाही गरे पनि ‘आखाँ चिम्लिने’ गरेको स्थानिय सरोकारवालाको आरोप रहेको छ ।
पथरीशनिश्चरे नगरपालिकाले अटो तथा सफारी चालकलाई व्यावस्थीत गर्न प्रयास थालेपनि सो प्रयास सार्थक बन्न सकेको छैन् जसले गर्दा ट्राफिक व्यावस्थापन मै समस्या भएको छ भने दुर्घटनाको सम्भावना समेत वडेको छ ।

पथरीमा ४ सय भन्दा वडि अटो तथा सफारी सन्चालनमा रहेका छन् । अटो तथा सफारीको संख्या वडेपनि पार्किङ्गका लागी उपयुक्त स्थान नहुदा समस्या भएको हो । यसलाई तत्काल समाधान नगरे पथरी बजार आवतजावत गर्ने लाई समस्या हुने निस्चित छ ।

पटक पटक अटोलाई व्यावस्थीत गर्न प्रयास गरे पनि यसले सार्थकता पाउन सकेको छैन् । नगरपालिका र ट्राफिक प्रहरीले भुमीका खेल्नु पर्ने स्थानियवासीको भनाइ रहेको छ । एक सफारी चालकका अनुसार सफारी र अटोकै कारण दुर्घटना वडेका छन् भने जोखीम उत्तीकै छ यसको नियन्त्रणका लागी कसैले भुमीका खेलेकै छैन् ।

पथरी वजारको जताततै अव्यावस्थीत रुपमा पार्कीङ्ग गरिएका अटो र सफारीको नियन्त्रण गर्न जरुरी रहेको छ । नगरपालिकाले पार्किङ्ग स्थल उपलव्ध गराए आफुहरु त्यहा जाने वताउने सफारी चालकहरु ीभडभाड हुने स्थानमै अटेर गरेर पार्किङ्ग गर्नाले चाडवाडमा थप समस्या वडने निश्चिय प्राय छ । यस तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

सम्बन्धित खवर