कञ्चनजंघा बहुउद्देश्यीयले ५३ करोड ७४ लाख निक्षेप र ४ करोड ७८ लाख जगेडा गर्न सफल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, भदौ ३०, २०८१

कञ्चनजंघा बहुउद्देश्यीयले ५३ करोड ७४ लाख निक्षेप र ४ करोड ७८ लाख जगेडा गर्न सफल

पथरी, १८ भाद्र/  कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरी शनिश्चरे सेवा केन्द्रले ४ औ स्थापना दिवश तथा २४ औं साधारण सभा सम्पन्न गरेको छ । ७ ओटा सेवा केन्द्र रहेको सहकारीले २०८१/०८२ सालको पहिलो साधारण सभा भाद्र १६ गते दमक सेवा केन्द्रमा साधारण सभा तथा  बुकलेट सार्वजनीक गर्दै सुरु गरेको थियो ।

भाद्र २९ गते केन्द्रिय कार्यलय झापाको दमकमा उत्कृष्ट कारोवार गर्ने  सेयर सदस्य सम्मान, पुरस्कार सहित साधारण सभा समापनको तयारीमा रहेको कंञ्चनजंघा सहकारीमा तिन हजार दुई सय अठासी सेयर सदस्य रहेका छन ।  ५३ करोड ७४ लाख ३४ हजार ८९ निक्षेप रहेको संस्थाको कुल सेयर ६ करोड ५१ लाख ७५ हजार रहेको छ। ४ करोड ७८ लाख ४४ हजार ३ सय ९५ जगेडा रहेको सहकारीले ६३ करोड १० लाख ७० हजार ३ सय २२ रुपयाँ लगानी गरेको प्रतिबेदनमा उल्लेख छ । चालु आर्थिक बर्षमा इक अर्ब १४ करोड ९० लाख बचत पुर्याउने लक्ष लिएको छ ।

३६७ सेयर सदस्य रहेको पथरी शनिश्चरे सेवा केन्द्रले चार जना उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान गर्ने भएको छ । सम्मानित हुनेमा नियमित बचत तर्फ शान्ति माया एङदेन र राजेश गिरि, पेन्सन तर्फ भविन्द्र दाहाल, बाल बचत तर्फ रोचक कोइराला रहेका छन । साधारण सभाको उद्घाटन गर्दै पथरी शनिश्चरे सेवा केन्द्रका संयोजक भेश बन्धु निरौलाले संस्थामा नियमित कारोवार गर्ने भएका ब्यारि ब्यावसायीको संस्था भएकाले जोखिम नरहेको बताउनु भएको छ । बढि भन्दा बढि सदस्यलाई सेवा दिने हिसावले अघि बढेको हुदा ढुक्क संग कारोवार गर्न अनुरोध गर्नु भएको छ । सेयर सदस्यलाई बढि भन्दा बढि सेवा दिने उदेश्यले आर्थिक सहजता भए लगतै अन्य सेवा केन्द्र वितार गर्ने, सेवा ग्राहि भित्र दिर्घ रोघिहरुलाई लाभहुने खाले स्वास्थ विमा रहेको, ५ लाख दुर्घटना विमा रहेको  संयोजक निरौलाले जानकारी दिनु भयो ।

झापा र मोरङका विभिन्न स्थानमा सेवा केन्द्र विस्तार गदै आएको कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले झपाको दमकमा जेष्ट नगररिक समान्न प्रतिष्ठानको नागरिक कोषमा ५ लाख सहयोग गरेको छ । २४ बर्षा अगाडी दमकमा सुरु गरेको सहकारी हाल झापाको डुडामारी, कनकाई, गौरादह, दमक र मोरङको उर्लावारी, पथरी शनिश्चरे, मिक्लाजुङमा सेवा प्रबाह गर्दै आएको छ ।

सहकारी संस्थाले भाद्र १७ गते डुडामारि सेवा केन्द्र र कनकाई सेवा केन्द्र साधारण सभा सम्पन्न गरेको थियो भने भाद्र १८ मोरङको पथरी शनिश्चरे र मिक्लाजुङ सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको छ । संस्थाको कार्य सुचि अनुरुप भाद्र २२ गौरादह सेवा केन्द्र, २४ गते उर्लावारी सेवा केन्द्र र २९ गते दमक केन्द्रिय कार्यलयमा साधारण सभा समापन हुने भएको छ ।

 

सम्बन्धित खवर