सिंहवाहिनी मा वि का शिक्षकको कुटाइबाट छात्रा घाइते - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

सिंहवाहिनी मा वि का शिक्षकको कुटाइबाट छात्रा घाइते

पथरी, १४ भदौ/ मोरङको पथरी शनिश्चरेमा शिक्षकको कुटाइबाट बिहीबार एक जना विद्यार्थी घाइते भएकी छन् ।

प्रधानाध्यापक नियुत्तीमा विबाद घटना  सेलाउन नपाउदै  पथरीशनिश्चरे नगरपालिका–९ मा रहेको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा अर्को घटना उब्जिएको छ । उत्त स्कुलका शिक्षक पवन राईले कक्षा १० अध्ययनरत १७ वर्षीया जस्ना राईलाई कुटपिट गर्दा घाइते भएकी हुन् ।

शिक्षक पवन राईको यो नै पहिलो घटना भने हैन । केहि बर्ष अघी एक विद्यार्थीलाई कुटपिट गरि अभिभावक र शिक्षक विच छलफल बसि मिलाएको एक अभिभावकले बताए ।

सुरुमा कक्षा कोठामा विद्यार्थीबीच विवाद भएको थियो । विवाद मिलाउने क्रममा शिक्षकसँग पनि विवाद गरेको भन्दै दिउँसो ४ बजेतिर छात्रालाई कुटपिट गरिएको प्रहरीले जनाएको छ । शिक्षक पवनले प्लाष्टिकको पाइपले कुट्दा विद्यार्थी घाइते भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।

उनका अनुसार घाइते छात्राको पाखुरामाथिको पातामा चोट लागेको छ । उनलाई उपचारका लागि पथरी अस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

छात्रालाई कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको जानकारी डीएसपी दाहालले दिए ।

पछिल्लो समय पथरी शनिश्चरे नगरले शिक्षामा राजनिति रंग देखाएका कारण शिक्षण शिकाई, शिक्षकको गुटबन्दी र विद्यार्थीहरुमा अनुसासन र नैतित्ता हराएको अभिभावकहरुकाे ठम्याई छ ।  नगरले ब्यावस्थापन समितिमा राजनैतिक नियुत्ती गर्नु र शिक्षकहरुले नगर र ब्यवस्थापन समितिको निर्देशन नमान्नुले पथरी शनिश्चर् नगरको शिक्षा क्षेत्रमा गिरावट आउदै गरेकाे जो कोहिले सहजै महसुस गर्न थालेका छन ।

पथरी शनिश्चरे क्षेत्रमा शिक्षकले विद्यार्थी कुट्नु, निजि शैक्षिक संस्थामा लगानी गर्नु, सरकारी शिक्षकले आफ्ना बालबालीका निजी विद्यालयमा पढाउनु, नगरले आफु निकट पाटिका कार्यकर्तालाई ब्यवस्थावन समितिमा नियुक्त्ती गर्नु र शिक्षकहरु खुलेर पार्टिमा लाग्नु सामान्य जस्तै बनेको छ ।

सिंहवाहिनी माध्यमिक विद्यालयमा जुन घटना घट्यो गलत भएको शिक्षा शाखा प्रमुख नविन खुलाल बुढाथोकीले बताउनु भयो । पछिल्लो समय पथरी शनिश्चरे नगर भित्र यस्ता घटना बढ्दै गएकाले चाडै शिक्षा शाखाले यस्को स्पष्टिकरण माग्ने र आवश्यक कार्वाही प्रकृया सुरु गर्ने भर्खरै शिक्षा शाखाकाे सम्हाल्दै आउनु भएका बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो सिंहवाहिनी माध्यमिक विद्यालयमा घटेको घटनाले संमग्र पथरी शनिश्चरे नगर र शिक्षकहरुकै बदनाम भएकाे बताउनु भयो ।

सम्बन्धित खवर