पथरी ईलाकाद्धारा सालकको खपेटा सहित ५ जना, लागुऔषधी सहित ८ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, भदौ ३१, २०८१

पथरी ईलाकाद्धारा सालकको खपेटा सहित ५ जना, लागुऔषधी सहित ८ जना पक्राउ

लागुऔषधी दुर्व्यशनी निउनिकरणका लागि “दुर्व्यशनी विरुद्ध आमाहरु” कर्यक्रममा सबै आमाहरुले साथ दिन प्रहरीको अनुरोध

गोपाल काफ्ले/पथरी, २ भदै
ईलाका प्रहरी कार्यालय पथरी मोरङले अवैध कारोवारमा संलग्न १३ जनालाई पक्राउ गरि कार्वाही अघि बढाएको छ । एक महिना अघि ईलाका प्रहरी कार्यालय पथरीको कार्यभर सम्हालेका प्रहरी नायव उपरीक्षक मोहन विक्रम दाहालले छोटो समयमै राम्रो उपलब्धी हासिल गरेका छन ।


पथरी शनिश्चरेमा शान्ति शुरक्षा कायम गर्दै लागुऔषधी दुर्व्यशनी, अवैध चोरीनिकासी र अपराधीक कार्य निउनिकरण गर्न दिन रात मैदान खटिएका दाहालले चलाएको अप्रेशनमा सालकको खपेटा सहित ५ जना र ब्राउन सुगर, ट्रमाडोल, डिकोलिक सहित ८ जना पक्राउ गरेको हो ।

चोरीनिकासी गरि बिक्रीका लागि भारत लैजान लागेको ५ केजी बढि सालकको खपेटा सहित मोरङ रंगेली नगरपालिका वडा नं.१ का ४५ बर्षका गगन गच्छदार, सप्तरी कन्चनपुर नगरपालिका वडा नं. ५ का ३५ बर्षका बासुदेव सरदार, उदयपुर बेलका ३ का ४८ बर्षका कृष्ण राज मगर, वडा नं. ६ का डिक बहादुर पुर्व छाने मगर, सप्तरी कृष्णसवरण वडा नं १ का ५५ बर्षका उमेश प्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गगन गच्छदार र बासुदेव सरदारलाई भदै १ गते ८५० ग्राम सालकको खपेटा सहित पक्राउ गरेको थियो । उनिहरुलाई मोरङ कानेपोखरी गाँउपालिका वडा नं.७ बाट सालकको खपेटा ओसारपसारमा गर्दै गरेको अवस्थामा प्रदेश १–०२–०५२ प ११६७ नं. को मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका गच्छदार र सरदार माथि अनुसंधानका गर्दा सोहि दिन उदयपुर बेलकाबाट अन्य ३ जनालाई पक्राउ गरेको थियो ।

उदयपुरमा ४ केजी ५८४ ग्राम सहित उदयपुर बेलका ३ बस्ने बर्ष ४८ का कृष्ण राज मगर, बेलका ६ का डिक बहादुर पुर्व छाने मगर, सप्तरी कृष्णसवरण वडा नं १ का उमेश प्रसाद चौधरीलाई चोरी पैठारी निकासी गरेको अबस्थामा सालकको खपटा सहित पक्राउ गरीएको डि एस पि मोहन विक्रम दाहालले जानकारी दिनु भयो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय पथरीले एक महिना भित्र ठुलो परिणममा लागुऔषधी, ३ वटा भारतीय मोटरसाईकल, एक टेम्पो सहित ८ जना पक्राउ गरि कार्वाही अघि बढाएको छ । प्रहरीले १११० क्यापसुल ट्रमाडोल र ६,६०० चक्की डिकोलिक सहित पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ का सिमन परियारलाई पक्राउ गरेको जानकारी दिएको छ ।

परियारले स्थानिय हेमराज चन्द्रबंशीलाई विक्री गर्दै गरेको अवस्थामा को २ ह १६१५ नं. को अटो पक्राउ गरेको हो । लागु औषध झिकाउने हेमराज चन्द्रबंशी भने फरार रहेको र खोजी कार्य जारी प्रहरीले बताएको छ । त्यस्तै ४ ग्राम ४८० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) सहीत मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. ८ स्थित २५ बर्षका दिपेश माझीलाई पक्राउ गरी अनुसन्धान भईरहेको बताएको छ ।

साउन २० गते मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० बाट रंगेली ७ का २४ बर्षका अभय कुमार भास्कर र मोरङ सुनबर्षी नगरपालिका वडा नं. ७ का १९ बर्षका हयत अलीलाई पक्राउ परेका थिए । उनिहरुको साथबाट प्रहरीले ७ ग्राम १७ मिलिग्राम लागुऔषध (ब्राउन सुगर) र Br 38 d 7889 नंम्बरको भारतिय मोटरसाईकल पक्राउ गरेको बताएको छ । सोहि दिन प्रहरीले मोरङ कानेपोखरी गाँउपालिका वडा नं. २ बाट भारतीय नागरिक अररिया बस्ने २१ बर्षको मोहम्द ईसराकलाई पक्राउ गरेको थियो । ईसराकको साथमा ४ ग्राम ९५ मिलिग्राम अबैध लागुऔषध (ब्राउन सुगर) र भारतिय नंम्बरको Br 38 d AB 4135 को मोटरसाईकल सहित पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

साउन ३१ गते ३ जना भारतिय नागरिकलाई पक्राउ गरि अनुसन्धानको अघि बढाएको छ । भारतबाट १० ग्राम लागुऔषध (ब्राउन सुगर) खरिद गरी नेपालमा बिक्री गर्न ल्याउदै गरेको अवस्थामा बिहार प्रान्त अररिया कुवाडी वडा नं ९ का २४ बर्षका मिथलेस कुमार मण्डल, सोहि स्थानका २६ बर्षका भास्कर कुमार शर्मा र २५ बर्षका सौरव कुमार पासवानलाई पक्राउ गरेको प्रहरीले गरेको बताएको छ । उनिहरुबाट १० (दश) ग्राम लागुऔषध (ब्राउन सुगर) र Br 38 L 9309 भारतीय नम्बरको मोटरसाईकल पक्राउ गरि अनुसन्धानको भैरहेको प्रहरीले बताएको छ ।

एक महिना यता अनुसंधानका क्रममा एक सय दुई जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरेको ६ जनालाई सुधार केन्द्र पढाईएको र अन्यलाई परिवारको निग्रानीमा जिम्मा लगाएको प्रहरी उपरीक्षक (एस पि) नवराज कार्कीले जानकारी दिनु भयो । उहाँले पथरी शनिश्चरे नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ता अत्याधीक रहेको र यसलाई निउनिकरण गर्न प्रहरीले अघि बढाएको “दुब्र्यशनी विरुद्ध आमाहरु” कार्यक्रममा प्रत्येक घरबाट आमाहरु नै अघि बढ्नु पने बताउनु भयो ।

मोरङको रानी नाका टाइट भए संगै खुल्ला नाकाबाट लागुऔषध ओसार पोसार र अवैध चोरीनिकासीको बाटो पथरी भएको ईलाका प्रहरी कार्यलय पथरीका इन्चार्ज डि एस पि मोहन विक्रम दाहालले बताउनु भएको छ । पथरी शनिश्चरे नगर आसपासका पालिकाहरुमा अपराधीक कृयाकलाप, लागुऔषध र अवैध चोरीनिकासी बढेकोले सबै नागरिक सचेत हुनु पर्ने बताउनु भयो । यदि आफ्ना क्षेत्रमा शंकास्पद कार्य भए जानकारी दिन दाहालले अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर